- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटाको भेडेटारमा शुक्रबारदेखि ९ औं भेडेटार फुड फेस्टिवल सुरु भएको छ । शनिवारदेखि सुरु हुँने अंग्रेजी नयाँ बर्ष २०२२ को अवसर पारेर होटल एशोसिएसन भेडेटारले तीन दिने फुड फेस्टिवल अर्थात खाना महोत्सव आयोजना गरेको हो ।

Advertisement

साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार बजारमा आयोजित समारोहमा प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले पानसमा दिप प्रज्वलन गरेर फेस्टिवल उद्घाटन गरेका छन् । सोही अवसरमा हेलिकप्टरबाट पुष्पबृष्टि पनि गरिएको छ । फेस्टिवल उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेशको मुख्य पर्यटकीय केन्द्र भेडेटारको विकासमा प्रदेश सरकारले विशेष योजना ल्याउने आश्वासन दिए ।

उद्घाटन कार्यक्रममा राई जातिले साकेला, लिम्बू जातिले केलुङ, याम्फू जातिले गेलाङ र मगर समुदायले हुर्रा नाच प्रदर्शन गरेका छन् । तीन दिनसम्म चल्ने महोत्सवमा हेलिटुर, जातीय परिकार, घरेलु उद्योगवाट उत्पादन भएका सामाग्री लगायत प्रमुख आर्कषण छन् । दुई दर्जन भन्दा बढी स्थानीय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनमा राखिएको छ । महोत्सवमा ११ स्टल छन् ।

फेस्टिवलका लागि भेडेटार बजार क्षेत्र सिंगारिएको छ । महोत्सवमा आउने आगन्तुकलाई हेलिटुर, प्याराग्याइडिङ, माउण्टेन वाइक र विभिन्न टुर प्याकेजहरुमा ५ देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । फेस्टिवल अवधिभर भेडेटारका होटलहरुमा २० प्रतिशतसम्म छुटको व्यवस्था छ ।

महोत्सवमा आउने पर्यटकहरुलाई साँगुरीगढी गाउँपालिका क्षेत्रभित्र रहेको पाथिभरा मन्दिर, शंखेश्वर महादेव मन्दिर, नाम्जे, नमस्ते झरना, शैलुङडाँडा, आत्मा बस्ने घर, थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा, अजङ्गको बरको रुख लगायत ठाउँमा घुमाउने आयोजकको योजना छ । फेस्टिवलमा करिब ३० हजार पर्यटक भित्र्याएर झण्डै एक करोड बराबरको आर्थिक कारोवार गर्ने आयोजकको लक्ष्य छ ।

अंग्रेजी नयाँ बर्षको सुरुवातमा हरेक बर्ष भेडेटारमा खाना महोत्सव गरिदै आएको छ । कोरोनाका कारण गत बर्ष भने फेस्टिवल हुँन सकेन । कोरानाको महामारी केही मत्थर भएपछि पुनः अहिले फेस्टिवल आयोजना गरिएको आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।

यो पनि हेर्नुहोस्…

भेडेटारमा पत्रकार घिमिरे र चाम्लिङ्ग पुरस्कृत

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!