- संगालोखबर सम्वाददाता

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको हो । डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

Advertisement

योसँगै अब प्रति लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टीतेलको मूल्य १९२ रुपैयाँ पर्ने भएको छ । आइतबार राति १२ बजेदेखि यो मूल्य लागू हुँनेछ ।

हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँ मूल्य बढेको छ । आन्तरिक तर्फको हवाई इन्धन अब प्रतिलिटर १८५ रुपैयाँ पर्नेछ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि भएको छ ।  खाना पकाउने ग्याँसमा भने यस पटक मूल्य बृद्धि भएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!