संगालोखबर सम्बाददाता

विराटनगर । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।

Advertisement

आज छापावल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावल सून तोलाको ९८ हजार २ सय रुपौयाँमा कारोबार भएको थियो । यस्तै सोमबार तोलाको ९७ हजार ७ सय रुपैयाँमा खरिद बिक्री भएको तेजावी सुनको मूल्य घटेर आज ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

यता, चाँदीको मूल्यमा कुनै परिवर्तन नआएको महासंघको भनाइ छ । आज चाँदीको प्रतितोला मूल्य जस्तै १२ सय ९० रुपैयाँ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!