संगालोखबर


विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला चार सय रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

मङ्गलबार  सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको भने सोमबार एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भएका थियो । आइतबार एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!