विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आठ सय ७५ रुपैयाँ कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज सोमबारको तुलनामा चाँदी १५ रुपैयाँ महङ्गो हो ।