कोशीमा एक हजार बढीमा डेंगु सङ्क्रमण, झापामा दुई जनाको मृत्यु 

कोशीमा एक हजार बढीमा डेंगु सङ्क्रमण, झापामा दुई जनाको मृत्यु 

विराटनगर । कोशी प्रदेशमा एक हजार ६५ जनामा डेंगु सङ्क्रमण भएको छ । डेंगु सङ्क्रमणबाट झापामा दुई जनाको मृत्यु भएको छ । झापामा साउनयता सङ्क्रमितको सङ्ख्या एक हजार २८ पुगेको छ । कोशीका १४ जिल्ला मध्ये मोरङमा डेंगु सङ्क्रमितको सङ्ख्या बढी छ ।  मोरङमा हालसम्म  पाँच सय ३२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । मोरङ पछि झापा, धनकुटा र सुनसरीमा डेंगुको सङ्क्रमण धेरै छ । स्वास्थ्य निर्देशनालय धनकुटाका फो...
अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । भदौ २४ गते सहिदभूमि गाउँपालिका वडा नं.१ स्थित धाप स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागिएको हो । अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । उनका अनुसार अपाङ्गता ...
अब सार्वजनिक बिदामा पनि देशभरका सरकारी अस्पतालको ओपीडी खुल्ने

अब सार्वजनिक बिदामा पनि देशभरका सरकारी अस्पतालको ओपीडी खुल्ने

विराटनगर । देशभरका सरकारी अस्पतालका ओपीडी अब सार्वजनिक बिदाको दिन पनि खुला हुने भएका छन् । शनिवार बाहेक धेरैजसो सार्वजनिक बिदामा ओपीडी खुला गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूलाई मङ्गलबार निर्देशन दिएको हो । त्यसअघि भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाको दिन पनि सबै प्रकारका सेवा सुचारु गर्न/गराउँन भनेर स्वास्थ्य मन्त्रालयलाई निर्देशन ...
डेङ्गी सङ्क्रमणले चितवनमा एक जनाको मृत्यु

डेङ्गी सङ्क्रमणले चितवनमा एक जनाको मृत्यु

चितवन । डेङ्गी सङ्क्रमणका कारण चितवनमा १ जनाको मृत्यु भएको छ । चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रूपाखेतीका अनुसार भरतपुर महानगरपालिका–२ का १ जना पुरुषको भदौ १५ गते उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष छन् । डेङ्गी सङ्क्रमणका कारण यो आर्थिक वर्षमा चितवनमा भएको यो पहिलो मृत्यु हो । ...
भक्तपुर क्यान्सर अस्पतालको सेवा अब कोशी अस्पतालमा

भक्तपुर क्यान्सर अस्पतालको सेवा अब कोशी अस्पतालमा

विराटनगर । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा विराटनगरको कोशी अस्पतालमा क्यान्सर उपचारको सेवा विस्तार गरिएको छ । बिहीबार संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलको उपस्थितिमा यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्...
यस्ता हुन्छन् डेङ्गुका लक्षण, कसरी सुरक्षित रहने ?

यस्ता हुन्छन् डेङ्गुका लक्षण, कसरी सुरक्षित रहने ?

विराटनगर । पछिल्लो समय देशभर डेङ्गुको सङ्क्रमण बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्याङ्क अनुसार देशका ७४ जिल्लामा यसको सङ्क्रमण फैलिसकेको छ । डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ । यस्ता हुन्छन् मुख्य लक्षण डेङ्गुको सङ्क्रमण भएमा उच...
नोवेल र भूदेव खाद्य उद्योगबीच सुलभ उपचार सम्झौता

नोवेल र भूदेव खाद्य उद्योगबीच सुलभ उपचार सम्झौता

विराटनगर । भूदेव खाद्य उद्योग प्रा. लि. (हुलास फुड) र नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच सुलभ स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । उक्त उद्योगसँग आवद्ध थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ स्वास्थ्य उपचार सेवा पुर्याउने उद्देश्यले सम्झौता गरिएको हो । सम्झौतापछि उद्योगसँग आवद्ध बिक्रेताहरू तथा उनीहरूका आश्रित परिवार बिरामी भए नोवेलमा उपचार गर्दा विशेष छुटको व्यवस्था हुने जनाइएको छ । उद्योग अन्...
मंकीपक्सको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा

मंकीपक्सको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा

काठमाडौँ । अफ्रिकाका केही भागहरूमा मंकीपक्सको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अत्यधिक सङ्क्रामक रोग मानिने मंकीपक्सले कङ्गोमा कम्तीमा ४५० जनाको मृत्यु भएको छ । यो अब मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको छ । वैज्ञानिकहरूले यो रोगको नयाँ भेरियन्ट छिटो फैलिरहेको र उच्च मृत्यु दरका कारण चिन्ता व्यक्त गरेका छन् । डब्यूएचओ महानिर्देशक टेड्...
कोशीमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५८२ पुग्यो

कोशीमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५८२ पुग्यो

विराटनगर । कोशी प्रदेशमा डेङ्गीबाट सङ्क्रमित हुनेको सङ्ख्या ५८२ पुगेको छ । चार महिनाको अवधिमा प्रदेशका विभिन्न जिल्लामा गरी त्यति सङ्ख्यामा सङ्क्रमण बढेको जनाइएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विराटनगरमा आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवाला लगायतको सहभागितामा भएको डेङ्गी नियन्त्रणसम्बन्धी  कार्यक्रममा यो जानकारी दिइएको हो । डेङ्गी लागेर एकजनाको मृत्यु भएको जनाइएको छ । ...
गोल्डेन हस्पिटलमा झण्डै दुई महिना बन्धक बनेर घर फर्किए दाजुबहिनी

गोल्डेन हस्पिटलमा झण्डै दुई महिना बन्धक बनेर घर फर्किए दाजुबहिनी

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–७ का २३ वर्षीय देव किसुन मण्डल र १७ वर्षीया सविता मण्डल गोल्डेन हस्पिटलमा बन्धक बनेको खुलेको छ । संगालोखबरलाई प्राप्त जानकारी अनुसार उनीहरू डिस्चार्ज भएर पनि बन्धक हुनुपरेको थियो । लामो समय बन्धक भएका उनीहरू हिजो साँझ घर फर्किएका हुन् । विराटनगरको हस्पिटल चोकमा भाडामा सञ्चालित गोल्डेन हस्पिटलको विराटनगर–११ जनपथ टोलमा साउन २७ गते भव्य भवनको तामझामका साथ उद्‌घा...
अब सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र, कोशीबाट सुरु गरिने

अब सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र, कोशीबाट सुरु गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरूलाई सम्मान गर्दै मन्त्री पौडेलले यस्तो घोषणा गरेका हुन् ।  आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको उनले उल्लेख गरे । ‘मानव अङ्गदानका ला...
क्यान्सर जितेकाहरूलाई विराटमा परामर्श

क्यान्सर जितेकाहरूलाई विराटमा परामर्श

विराटनगर । क्यान्सर जितेकाहरूलाई विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिम दिइएको छ । इस्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरुलाई तालिम दिएको हो । तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले विराटमा क्यान्सरको उपचारका लागि नयाँ प्रविधि हाइपेक सञ्चालनमा आएको बताउँदै यसले तेस्रो, चौथो स्टेजको क्यान्...
कोशी बन्यो ‘पूर्ण खोप सुनिश्चितता प्रदेश’

कोशी बन्यो ‘पूर्ण खोप सुनिश्चितता प्रदेश’

विराटनगर । कोशीलाई ‘पूर्णखोप सुनिश्चितता प्रदेश’ घोषणा गरिएको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन् । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा भएकोमा खुस...
कोशी प्रदेशमा डेंगु संक्रमितको संख्या ३७१

कोशी प्रदेशमा डेंगु संक्रमितको संख्या ३७१

विराटनगर । वर्षा लागेसँगै बढ्ने क्रममा रहेको डेंगु संक्रमणबाट कोशी प्रदेशका ३७१ जना प्रभावित भएका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढी बागमती प्रदेशमा डेंगु संक्रमित भेटिएका छन् । समग्रमा देशभरि गरी पछिल्लो चार दिनयता ६१ जना नयाँ डेंगु सङ्क्रमित थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीका अनुसार देशका ७७ जिल्लामध्ये ७३ जिल्लाका गत जनवरीयता हालसम्म कुल १५ सय ४४ ...
रक्सी सेवनबाट वर्षमा २६ लाख मानिसको मृत्युः डब्लुएचओ

रक्सी सेवनबाट वर्षमा २६ लाख मानिसको मृत्युः डब्लुएचओ

विराटनगर । रक्सी सेवनका कारण वर्सेनि विश्वका लाखौं मानिसको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार करेक वर्ष विश्वभर रक्सी सेवनका कारण २६ लाख मानिसको मृत्यु हुने गरेको छ । संगठनको एउटा ताजा प्रतिवेदनअनुसार उक्त संख्या विश्वभर हुने कूल मृत्युको ४ दशमलव ७ प्रतिशत हो । यसैगरी, लागुऔषधका कारण हरेक वर्ष ६ लाख जनाले ज्यान गुमाइरहेका छन् । यसमा पुरुषको संख्या ४ लाख छ । ...
‘मोरङको गोठगाउँमा सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज बनाउन सरकार प्रतिबद्ध’

‘मोरङको गोठगाउँमा सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज बनाउन सरकार प्रतिबद्ध’

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मोरङको गोठगाउँमा सुविधासम्पन्न अस्पतालका साथै मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रका जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । त्यसका लागि आर्थिक स्रोतको सुनिश्चतताका साथै वैकल्पिक उपायहरूको खोजी गरेर मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकारी उनले दिए । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा बैठकला...
नागरिकको स्वास्थ्यसँग जोडिँदै प्रदेश सरकार

नागरिकको स्वास्थ्यसँग जोडिँदै प्रदेश सरकार

धनकुटा । धनकुटा जिल्ला अस्पतालको प्रशासनिक भवन नजिक अर्को ‘भव्य’ भवन बन्दैछ । ४० करोड खर्च गरेर बनाइदै गरेको पाँच तले भवन जिल्ला अस्पतालकै हो । कृषि ज्ञान केन्द्रको २५ रोपनी जग्गालाई जिल्ला अस्पताल मातहत ल्याएर धमाधम अस्पताल भवन निर्माण भइरहेको छ । १५ शय्याको धनकुटा जिल्ला अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने कोशी प्रदेश सरकारको योजना अनुसार अस्पताल स्तरोन्नतिको प्रकृया अघि बढेको हो । झापाको...
स्वस्थ नागरिक उत्पादन गर्नु सबै तहका सरकारहरूको दायित्व

स्वस्थ नागरिक उत्पादन गर्नु सबै तहका सरकारहरूको दायित्व

आधारभूत स्वास्थ्य निःशुल्क हुने कुरा संविधानमै मौलिक अधिकारको रुपमा राखिएको छ । स्वास्थ्य अधिकार भनेको सबै मानिसहरुलाई स्वास्थ्यसम्बन्धी सेवाहरूको पहुँच र प्रयोग गर्ने अधिकार हो । यसमा स्वस्थ जीवन जिउनका लागि आवश्यक सेवा, सफा पानी, पोषण, स्वास्थ्य शिक्षा, रोगप्रतिरोधक खोपहरू, उपचार, र पुनःस्थापना सेवालगायतका सम्पूर्ण पक्षहरु समावेश हुन्छन् । संविधानमा मौलिक हक स्वास्थ्यसम्बन्धी हक नेपालको संवि...
कतारका नेपाली श्रमिक र परिवारलाई केएमसीमा सहुलियत उपचार

कतारका नेपाली श्रमिक र परिवारलाई केएमसीमा सहुलियत उपचार

विराटनगर । संघीय सांसद डा. सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवार सदस्यहरुका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) मा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाएका छन् । कतारस्थित नेपाली राजदूतावासमा सोमबार भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच सहुलियत उपचारको सम्झौता भएको हो । त्यस क्रममा कतारका लागि...
नोवेल मेडिकल कलेज र सशस्त्र प्रहरी बलबीच सहुलियतमा उपचार सम्झौता

नोवेल मेडिकल कलेज र सशस्त्र प्रहरी बलबीच सहुलियतमा उपचार सम्झौता

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेड क्वाटर, सुनसरीको १७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल तथा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । नेपालभरका सशस्त्र प्रहरी बलका बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवार, अमर सशस्त्र प्रहरी सहिद परिवार साथै नेपाल एपिएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले...
नोवेलमा सुरु भयो ‘अटोइम्यून’ रोगको विशेष जाँच

नोवेलमा सुरु भयो ‘अटोइम्यून’ रोगको विशेष जाँच

विराटनगर । पूर्वी नेपालमा पहिलो पटक विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ‘इम्युनोफ्लुरेसेन्स’ प्रविधिबाट ‘अटोइम्यून’ डिजिजको जाँच सुरु गरेको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्याथोलोजिष्ट डा. ओसन श्रेष्ठका अनुसार यो प्रविधिलाई सवैभन्दा उच्च स्तरको मानिन्छ । उनका अनुसार यो प्रविधिले लगभग सतप्रतिशत जाँचमा अटोइम्यून डिजिज भए नभएको पुष्टि गर्छ । विज्ञका अनुसार अटोइम्यून डिजिज रो...
बढ्दै डेंगु संक्रमण, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

बढ्दै डेंगु संक्रमण, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

विराटनगर । पछिल्लो समय फेरि डेंगु संक्रमण बढिरहेको छ । देशभरका ५७ जिल्लामा यस्तो संक्रमण देखिएको भन्दै सरकारले सावधानी अपनाउन सुझाव दिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु संक्रमण पनि बढ्न थालेको हो । पछिल्लो तथ्यांकअनुसार ५७ जिल्लका ९०४ जनामा डेंगु संक्रमण पाइएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियो...
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

विराटनगर । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । केही महिनायता संक्रमित भइ सम्पर्कमा आएकाहरुको नमुना परीक्षणका क्रममा नयाँ भेरियन्ट ‘केपी–१’ र ‘केपी–२’ पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संक्रमित ४० नमुनाको जिन परीक्षण गर्दा ४२ प्रतिशतको हाराहारीमा नयाँ भेरियन्ट पुष्टि भएको जनाएको छ । ती भेरियन्ट ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट भएको प्रयोगशालाले जनाएको छ । उक्त ...
‘शव बन्धक बनाइएको होइन’

‘शव बन्धक बनाइएको होइन’

विराटनगर । केही सञ्चार माध्यममा प्रकाशित ‘३५ हजार बुझाउन नसक्दा पाँच दिनदेखि शव बन्धक’ शीर्षकको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नोवेल शिक्षण अस्पतालले जनाएको छ । समाचारमा उल्लेख भएअनुसार अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सप्तरीको सुरुङ्गा नगरपालिका–१ का रोशन सदाको शव पैसा बुझाउन नसक्दा बन्धक नबनाइएको दाबी गरिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको उपचारका क्रममा मृत्यु भएक...
नोबेल अस्पतालमा मनाइयो नर्सिङ दिवस

नोबेल अस्पतालमा मनाइयो नर्सिङ दिवस

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । नोबेलका नर्ससहित कर्मचारी, विद्यार्थी लगायतले शुभकामना आदानप्रदानसहित विभिन्न कार्यक्रम गरेर नर्सिङ दिवस मनाएका हुन् । दिवसको अवसरमा नोबेलको सभाहलमा नर्सिङ दिवस विशेष कार्यक्रम गरिएको थियो । नोबेलका प्राचार्य प्रा.डा. रामहरी घिमिरेले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरे । कार्यक्रममा प्राचार्य घिम...
झापामा हात्तीपाइलेको औषधि खाँदा मृत्यु भएकोबारे छानबिन

झापामा हात्तीपाइलेको औषधि खाँदा मृत्यु भएकोबारे छानबिन

काठमाडौं । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन सुरु गरेको छ । हात्तीपाइलेविरुद्धको औषधि सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने हालसम्म यकिन भएको छैन । यसबारे गुनासो आएपछि छानबिन सुरु गरिएको मन्त्रालयले जनाएको छ । छानबिनका लागि अतिरिक्त सचिव, चिकित्सक लगायत सहितको टोली झापा ...
विराटनगर महानगरले भन्यो, ‘विपन्न बिरामीलाई १० बेड छुट्याऊ’

विराटनगर महानगरले भन्यो, ‘विपन्न बिरामीलाई १० बेड छुट्याऊ’

विराटनगर । विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि नेपाल सरकारले तोकेको १० प्रतिशत बेड अनिवार्य छुट्याई कार्यान्वयनमा ल्याउन विराटनगर महानगरपालिकाले अग्रसरता देखाएको छ । महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर महानगरले कुल बेडको १० प्रतिशत अनिवार्य छुट्याउन निर्देशन दिएको छ । मेयर नागेश कोइरालाले सरकारले तोकेको सुविधा सम्बन्धित व्यक्ति...
विराटनगर महानगरले बनायो आधारभूत स्वास्थ्य केन्द्र भवन

विराटनगर महानगरले बनायो आधारभूत स्वास्थ्य केन्द्र भवन

विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर १४ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेको छ । नवनिर्मित भवनको मेयर नागेश कोइरालाले मंगलबार उद्घाटन गरे । भवन निर्माणका लागि स्थानीय समाजसेवी जगदीशप्रसाद यादवले २ कठ्ठा १० धुर जमिन निःशुल्क उपलब्ध गराएका थिए । त्यस अवसरमा मेयर कोइरालाले स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माणले स्वास्थ्य सेवा प्रवाहमा सहज हुने बताए । उनले स्वास्थ्य केन्द्रमा...
नोबेलमा स्टेण्ट नहाली गरियो एन्जियोप्लाष्टी

नोबेलमा स्टेण्ट नहाली गरियो एन्जियोप्लाष्टी

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा इलामको सन्दकपुरका अविरमान गुरुङको स्टेण्ट विना नै एन्जियोप्लाष्टी गरिएको छ । मुटुमा समस्या भएर आएका सन्दकपुर-२ का ६० वर्षीय गुरुङको विना स्टेण्ट एन्जियोप्लाष्टी गरिएको हो । मुटुको रक्त प्रवाह गर्ने धमनी साँघुरिएमा शरीरमा रक्त प्रवाह कमी भई मानिसको ज्यान नै जान सक्ने खतरा हुन्छ । यस्तो अवस्थामा चिकित्सकले बिरामीलाई एन्जियोप्लाष्टी गर्छन् । प्राय एन...
धनकुटामा फागुन २९ गतेदेखि दादुरा रुबेलाको खोप लगाइने

धनकुटामा फागुन २९ गतेदेखि दादुरा रुबेलाको खोप लगाइने

धनकुटा । धनकुटामा फागुन २९ देखि चैत्र २ गतेसम्म दादुरा रुबेलाको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयले आइतबार सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरेर चार दिनसम्म खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरूलाई खोप लगाइने छ । जिल्लामा ८ हजार ८ सय ६७ बालबालिकाहरूलाई दादुरा रुबेला खोप लगाउँने स्वास्थ्य कार्यालयको लक्ष्य छ । महालक्ष्मीमा १ हजार २ ...
नोबेलमा १० वर्षीया बालिकाको ब्रेन ट्यूमरको जटिल शल्यक्रिया

नोबेलमा १० वर्षीया बालिकाको ब्रेन ट्यूमरको जटिल शल्यक्रिया

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बालिकाको ब्रेन ट्यूमरको जटिल शल्यक्रिया गरिएको छ । मोरङको कटहरी गाउँपालिकाकी १० वर्षीया दिपिका ऋषिदेवको ठूलो र जटिल ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । उनलाई दुई महिना अघिदेखि टाउको दुख्ने र उल्टी हुने समस्या देखिएको थियो । विस्तारै शरीरको देब्रे भाग चल्न छोडेर दुई दिनदेखि बेहोस थिइन् । नोबेलमा ल्याएर सीटीस्क्यान गर्दा टाउकाको दाह...
error: Content is protected !!