कोशी सरकारले ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवर्द्धनमा सहयोग गर्छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऐतिहासिक चलचित्र ‘नालापानी’ हेर्न सबैलाई आग्रह गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभाहलमा चलचित्र हेरिसकेपछि कार्कीले यस्तो आग्रह गरेका हुन् ।
ऐतिहासिक घटनामा आधारित चलचित्र भएका कारण इतिहास थाहा पाउन पनि यो चलचित्र सबैले हेर्नै पर्ने मुख्यमन्त्री कार्कीले बताए । मुख्यमन्त्री कार्कीले ‘नालापानी’ चलचित्रको प्रवर्द्धनका लागि...



























