गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गर्ने युट्युब च्यानललाई कारबाही
काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरेर अराजकता फैलाएको भन्दै युट्युब च्यानललाई कारबाही गरेको छ ।
कारबाहीमा परेका नौ युट्युब च्यानल मध्ये दर्ता र सूचीकृत विना चलेका तीन वटालाई आवश्यक अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको छ ।
सूचीकृत भएका अन्य सामाजिक सञ्जाल (युट्युब च्यानल) मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउ...





























