संगालोखबर

विराटनगर । स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त हुने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले पुनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।

Advertisement

नवनियुक्त मन्त्री पुनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका पुनले आफूले अघि सारेका सुधारका कार्यक्रम कार्यान्वयनमा पर्याप्त सहयोग नपाएको भन्दै पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी निर्वाचनमा होमिएका थिए ।

म्याग्दीबाट निर्वाचित पुन बालेन नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकबाट प्रतिनिधित्व गर्ने एकमात्र सांसदका रूपमा मन्त्री बन्न लागेका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!