मोरङ र संखुवासभामा डुबेर दुई जनाको मृत्यु
विराटनगर । मोरङको जहदा–१ की १७ बर्षीया रबिना ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान करिव सात बजे जहदा मुसहरी टोलमा रहेको पानी जमेको खाडलमा डुबेर रबिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै, संखुवासभामा खोलामा डुबेर एक बृद्धको मृत्यु भएको छ । खोलामा डुबेर चैनपुर–४ का ७६ बर्षीय बुद्धी बहादुर लिम्बुको मृत्यु भएको हो ।
सोमबार साँझ करिव ५ बजे चैनपुर बतासेबाट घर आउँद...




























