ललितपुर । कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरि रिपोर्ट नेगेटिभ आएको खबर पाएपछि एक व्यक्ति आश्चर्यमा परेका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत शुक्रबार पुगेका ती व्यक्तिको रिपोर्ट आईतबार आएको हो ।

Advertisement

यो घटना ललितपुरको सातदोबाटो बस्ने ४१ बर्षीय पुरुषको हो । घाँटीमा अफ्ठेरो महसुस भएपछि शुक्रबार बिहान ११ बजे टेकु अस्पताल पुगेका ती पुरुषले ३० रुपैयाँको टिकट लिएर डाक्टरलाई भेटेका थिए । डाक्टरले कोरोना परीक्षण गर्न सुझाव दिएपछि उनले स्वाब संकलनका लागि किट लिए । त्यही बेला महत्वपूर्ण फोन आएपछि बाहिर निश्किएका उनी अस्पताल जाँदा स्वाबको नमूना दिने ठाउँ बन्द भईसकेको थियो । स्वाब दिदै नपाएका उनको आईतबार रिपोर्ट नेगेटिभ आएको खबर आएपछि उनी आश्चर्यचकित भए ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले प्रिन्ट र टाईप त्रुटिका कारण यस्तो भएको हुनसक्ने बताए । उक्त नमुनाको प्रमाण पठाईदिन उनले आग्रह गरेका छन् । –नितु घलेले लेखेको यो खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!