- संगालोखबर सम्वाददाता

जनकपुरधाम । जनकपुरमा आज दिउँसो नेपाली रेल आईपुगेको छ । भारतको जयनगरबाट आएको रेल दिउँसो करिब २ बजे जनकपुर आईपुगेको हो ।

Advertisement

जनकपुर–जयनगर रुटमा सञ्चालनका लागि सरकारले भारतको कोंकन रेल्वे कर्पोरेशनसँग ८४ करोड ६५ लाखमा दुई वटा ब्रोडगेज रेल किनेको हो ।

कोरोना महामारीका कारण दुबै रेल फागुनदेखि नै बिहारमा रोकिएका थिए । अब, दुई देशमा सञ्चालनका लागि परीक्षण गर्न रेल नेपाल ल्याईएको हो ।

यसैबीच, रेल हेर्नका लागि जनकपुरमा सर्वसाधरणको घुँईचो लागेको छ । रेल हेर्न सयौंको संख्यामा मानिसहरु जनकपुरको रेल्वे स्टेशनमा भेला भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!