- संगालोखबर सम्वाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्ले सिफारिस गरेर गौतमलाई नियुक्तीका लागि राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो । राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्य कोटामध्ये एउटा पद ६ महिना अघिदेखि रिक्त थियो ।

नेकपा सचिवालय र मन्त्रीपरिषद्को सिफारिस बमोजिम सोही कोटामा गौतमलाई राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!