- रासस
सांकेतिक तस्वीर

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हँुदै बगेको  नहरमा भेटिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Advertisement

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले घटना हत्याजस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!