धनकुटा महोत्सवस्थल टुँडिखेलको सरसफाइ

धनकुटा महोत्सवस्थल टुँडिखेलको सरसफाइ

धनकुटा । धनकुटा महोत्सवस्थल टुँडिखेलको सरसफाइ गरिएको छ । ११ दिनसम्म सञ्चालन भएको महोत्सव सकिएपछि आयोजक उद्योग वाणिज्य संघको अगुवाइमा टुँडिखेलको सरसफाइ गरिएको हो । सरसफाइमा आयोजक समितिका पदाधिकारी तथा सदस्यहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी लगायत सहभागि थिए । महोत्सवका कारण टुँडिखेल क्षेत्रमा जम्मा भएको फोहोर फ्याँकेर टुँडिखेल सफा बनाइएको उद्योग वाणिज्य संघका अध्यक्ष विज...
नेपालका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

नेपालका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे ६ बजे ९५ वर्षीय जबराको निधन भएको हो । उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए । साथै युरिया उच्च देखिएपछि अस्पताल भर्ना गरिएको थियो । त्यहीँ बीचमा खाना सर्किएर फोक्सोमा गएपछि उनलाई आइसियुमा राखेर उपचार भइरहेको थियो । १४ वर्षमै मेट्रिक पास गरेका उनी नेप...
बलि चढाउन भारत लगिएकी बालिकाको उद्धार

बलि चढाउन भारत लगिएकी बालिकाको उद्धार

काठमाडौं । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा  राखिएको छ । ब्युरोले शुक्रबार पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो । “बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा...
केएमसीमा मृगौला प्रत्यारोपण

केएमसीमा मृगौला प्रत्यारोपण

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका धनराज घलेको शरीरमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको हो । ५० वर्षीय घलेलाई उनकै श्रीमती ४३ वर्षीया हिताकुमारीले मृगौला दिएकी हुन् । दुवै मृगौलामा समस्या देखिएका धनराजको शरीरमा चिकित्सकहरुले श्रीमती हिताकुमारीको देब्रे मृगौला प...
टेम्पोमा राखेर गाँजा ओसारपसार, सुनसरीको दुहबीबाट १७ केजी गाँजासहित पाँच जना पक्राउ

टेम्पोमा राखेर गाँजा ओसारपसार, सुनसरीको दुहबीबाट १७ केजी गाँजासहित पाँच जना पक्राउ

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ स्थित कोशी राजमार्गमा लागूऔषध गाँजा सहित पाँच जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआएटी) र सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को.२ ह ३०४४ नम्बरको टेम्पोलाई प्रहरीले चेकजाँच गर्ने क्रममा अटोमा राखिएको १७ किलोग्राम गाँजा बरामद भएको ह...
चिरपटले हानेर छोराले गरे बुवाको हत्या

चिरपटले हानेर छोराले गरे बुवाको हत्या

रौतहट । रौतहटका चन्द्रनिगाहपुरमा छोराले दाउराको चिरपटले हानेर बाबुको हत्या गरेका छन् । चन्द्रपुर नगरपालिका–६ का ५५ वर्षीय बुवा निरकुमार राईलाई उनका ३२ वर्षीय छोरा प्रकाशले चिरपटले हानेर हत्या गरेका हुन् । गएराति घरायसी विवादका क्रममा निरकुमारलाई छोराले चिरपटले हानेका थिए । चिरपटले लागेर टाउको र निधारमा गम्भीर चोट लागेका निरकुमारलाई उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको ...
ब्राउन सुगरसहित तीन जना पक्राउ

ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा । झापाको दमक नगरपालिका–२ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–८ का ३७ वर्षीय तेज कुमार खवास, ३५ वर्षीय सुनिल श्रेष्ठ र दमक–२ का २२ बर्षीय बिजय धिमाल छन् । दमक–२ नयाँ आम्दास्थित खरखरे टोलमा ब्राउन सुगर बिक्री भइरहेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरु...
पत्रकार महासंघ धनकुटाका सह–सचिव चौधरीको निधन

पत्रकार महासंघ धनकुटाका सह–सचिव चौधरीको निधन

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्णकुमार चौधरीको निधन भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराती करिब १ बजे चौधरीको निधन भएको हो । रेडियो भेडेटारका स्टेशन मेनेजरसमेत रहेका ३५ वर्षीय चौधरी पिसाबमा संक्रमण देखिएपछि बुधबार उपचारका लागि प्रतिष्ठान पुगेका थिए । उपचारकै क्रममा अचानक उनको निधन भएको परिवार स्रोतले जनाएको छ । चौधरी धनकुटा सिने...
धनकुटा महोत्सवमा साढे सात करोडको कारोबार

धनकुटा महोत्सवमा साढे सात करोडको कारोबार

धनकुटा । धनकुटामा ११ दिनसम्म सञ्चालित प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवं पाँचौं धनकुटा महोत्सवमा सात करोड ५० लाख भन्दा बढीको आर्थिक कारोबार भएको छ । महोत्सवमा अनुमान गरिएको भन्दा बढी आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सव सफल पार्न भूमिका निर्वाह गर्नेहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजक उद्योग वाणिज्य संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको...
भारतबाट बढेर आयो इन्धनको मूल्य

भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौं । भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसनबाट मंगलबार बेलुका निगमलाई प्राप्त नयाँ मूल्य अनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले मूल्य बढेर आएको हो । त्यस्तै मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेको छ । यता हवाइ इन्धन लिटरमा ७ रुपैया...
शालीनदी मेलामा ८४ लाख भेटी संकलन

शालीनदी मेलामा ८४ लाख भेटी संकलन

काठमाडौं । काठमाडौंको शालीनदीमा लागेको माधवनारायण मेलामा ८४ लाख ७७ हजार रुपैयाँ भेटी संकलन भएको छ । पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा आज २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम संकलन भएको हो । गत वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी संकलन भए पनि यस वर्ष भने एक करोडभन्दा बढी भेटी सङ्कलन हुने अपेक्षा गरिएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार...
धनकुटामा महिला फुटबल प्रतियोगिता हुने

धनकुटामा महिला फुटबल प्रतियोगिता हुने

धनकुटा । धनकुटामा महिला फुटबल प्रतियोगिता हुने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर सहिद श्रेष्ठको स्मृतिमा माघ २३ देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धनकुटाका सात वटै पालिकाका एक/एक टिम सहभागि हुने प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३...
वृद्धभत्ताको पैसा नदिएको भन्दै बन्चरोले हानेर छोराले गरे आमाको हत्या

वृद्धभत्ताको पैसा नदिएको भन्दै बन्चरोले हानेर छोराले गरे आमाको हत्या

कैलाली । वृद्धभत्ताको पैसा नदिएको भन्दै कैलालीमा आज छोराले बन्चरोले हानेर आमाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । छोराले बञ्चरो हानेपछि लगनदेवी गम्भीर घाइते भएकी थिइन् । धनगढीको नवजीवन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार छो...
सौतेनी आमा र बुबाको कुटाइबाट ३ वर्षीय बालकको मृत्यु

सौतेनी आमा र बुबाको कुटाइबाट ३ वर्षीय बालकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ टकुचा नालामा आमा र बुबाको कुटाइबाट एक बालकको मृत्यु भएको छ । दाङको घोराही नगरपालिका–९ स्थायी घर भई बनेपा नालामा इँटा भट्टामा काम गर्दै आएका तिलकराम बुढा र उनकी श्रीमती उर्मिला बुढाको कुटाइबाट तीन वर्षीय छोरा विमलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिलकराम बालकका बाबु र उर्मिला सौतेनी आमा हुन् ।
धनकुटाको जितपुरका योगेन्द्रले पाए हाउजीमा स्कुटर पुरस्कार

धनकुटाको जितपुरका योगेन्द्रले पाए हाउजीमा स्कुटर पुरस्कार

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरका योगेन्द्र श्रेष्ठले हाउजी बिङ्गो खेलमा पुरस्कार स्वरुप स्कुटर पाएका छन् । धनकुटा महोत्सव स्थल टुँडिखेलमा सोमबार राती खेलाइएको हाउजीमा हाउसफुल गर्दै श्रेष्ठले होन्डा कम्पनीको ११० सीसीको डियो स्कुटर पाएका हुन् । जितपुर स्थायी घर भई धनकुटा–५ बालमन्दिर बस्दै आएका २२ वर्षीय श्रेष्ठले ४४ अंकमै हाउसफुल गरेका थिए । श्रेष्ठलाई उद्योग वाणिज्य संघका अध्यक्...
लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय युवा पक्राउ

लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय युवा पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–५ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको किसनगंज गलगलियाका २५ वर्षीय दिलसाद रहमान र २० वर्षीय सन्वाज खान छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको टोलीले डब्लुवी ७४ बी ए ६७७९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो । सोही क्रममा मोटरसाइकल चालक रहमान र पछाडि सवार रहेका खानको...
सुन्दरहरैंचामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैंचामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  आइतबार साँझ करिव ७ बजे प्रदेश नम्वर १–०२–००१ ख ९४३० नम्बरको ट्रकले को.३५ प ६७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक बुढीगँगा गाउँपालिका–७ का ३२ वर्षीय सुमित खवास घाइते भएका थिए । उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउँने बित्तिकै उनको म...
रवि लामिछानेले फेरि लिए नेपाली नागरिकता

रवि लामिछानेले फेरि लिए नेपाली नागरिकता

काठमाडौं । रवि लामिछानेले फेरि नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको हो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो । ...
भोजपुरमा घाँटी थिचेर श्रीमतीको हत्या, घटना ढाकछोप गर्न खाल्डो खनेर पुरियो शव 

भोजपुरमा घाँटी थिचेर श्रीमतीको हत्या, घटना ढाकछोप गर्न खाल्डो खनेर पुरियो शव 

भोजपुर । भोजपुरमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अरुण गाउँपालिका–२ का ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठ छन् । शनिवार साँझ श्रीमान–श्रीमती बिच घरायसी विषयमा सामान्य विवाद हुँदा ज्ञानबहादुरले ४१ वर्षीया श्रीमती गंगा श्रेष्ठलाई घाँटी थिचेर हत्या गरेका हुन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्याउलीबाट खटिएको टोलीले ज्ञानबहादुरलाई पक्राउ गरेको हो । मादक पदार्थ स...
धनकुटामा ट्रक दुर्घटना

धनकुटामा ट्रक दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–३ स्थित निगालेमा ट्रक दुर्घटना भएको छ । संखुवासभाबाट लकडी बोकेर मोरङतर्फ जाँदै गरेको को १ ख ७८६८ नम्बरको ट्रक गएराती दुर्घटना भएको हो । सडकको घुम्तीमा ट्रक पल्टिदा ट्रकमा भएका लकडी सडकमा छरपस्ट भएका छन् । ट्रक पल्टिएर सडक ओगट्दा कोशी राजमार्गको धनकुटा–हिले सडक खण्ड बिहान करिव साढे ८ बजेसम्म अवरुद्ध भएको थियो । जेसिभिको सहयोगमा प्रहरीले अवरुद्ध सडक खुलाएको छ । ब्रेकफेल...
धनकुटाको लेगुवामा आगलागी हुँदा घर जलेर नष्ट

धनकुटाको लेगुवामा आगलागी हुँदा घर जलेर नष्ट

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–६ स्थित बाँसपानीमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । आइतबार बिहान राति साढे १ बजे स्थानीय कुल बहादुर कार्कीको घर जलेर नष्ट भएको हो । ढुंगा र माटोले बनेको एक तले घर जल्दा घरमा भएका अन्न, लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक मान बहादुर श्रेष्ठले जानकारी दिए । आगलागीबाट १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम...
धनकुटा महोत्सवमा उर्लिएको भीडमा ठेलमठेल हुँदा किचिएर ३० जना घाइते (नामावलीसहित)

धनकुटा महोत्सवमा उर्लिएको भीडमा ठेलमठेल हुँदा किचिएर ३० जना घाइते (नामावलीसहित)

धनकुटा । धनकुटा महोत्सवस्थल टुँडिखेलको गेटमा शनिवार राती उर्लिएको भीडमा ठेलमठेल हुँदा किचिएर ३० जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । गायक प्रमोद खरेलको प्रस्तुती हेर्न राती करिब ८ बजे महोत्सवस्थल प्रवेश गर्ने क्रममा भीडमा ठेलमठेल भएको हो । महोत्सवस्थलको पश्चिमतर्फको गेटमा घटना भएको हो । सांस्कृतिक कार्यक्रमका लागि गायक खरेल स्टेजमा आउन लागेका थिए । गायक खरेलको प्रस्तुती ...
संखुवासभामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

संखुवासभामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

संखुवासभा । संखुवासभामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । भोटखोला गाउँपालिका–५ लुङसुङका ७३ वर्षीय गोठे राईको हत्या गरेको आरोपमा उनका छोरा २८ वर्षीय प्रेमकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान घरायसी विवादका क्रममा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा उनका बुवा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
धनकुटाका सुवासले जिते हाउजीमा दुई तोला सुन

धनकुटाका सुवासले जिते हाउजीमा दुई तोला सुन

धनकुटा । धनकुटा नगरपालिका–४ सल्लेरीका सुवास श्रेष्ठले हाउजी बिङ्गो खेलमा दुई तोला सुन जितेका छन् । धनकुटा महोत्सवस्थल टुँडिखेलमा शुक्रबार राती खेलाइएको हाउजी बिङ्गो खेलमा हाउसफुल गर्दै श्रेष्ठले पुरस्कार पाएका हुन् । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय छ । सो आधारमा श्रेष्ठलाई पुरस्कार स्वरुप २ लाख ११ हजार ६ सय मूल्य बराबरको सुन प्रदान गरिएको आयोजकले जनाएको छ ।
जनप्रतिनिधि र कर्मचारीलाई मन्त्री राईको निर्देशनः जनताको मुहारमा खुशी ल्याउने काम गर्नुस्

जनप्रतिनिधि र कर्मचारीलाई मन्त्री राईको निर्देशनः जनताको मुहारमा खुशी ल्याउने काम गर्नुस्

धनकुटा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले जनताको मुहारमा खुशी ल्याउने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति धनकुटाले शुक्रबार मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीबीच गरेको अन्तरक्रियामा मन्त्री राईले यस्तो निर्देशन दिएका हुन् । कार्यक्रममा धनकुटा क्षेत्र नं.२ का प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, क्षेत्र ...
रवि लामिछानेको सांसद् पद खारेज

रवि लामिछानेको सांसद् पद खारेज

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो...
घरमा लागूऔषध भेटिएपछि श्रीमती पक्राउ, श्रीमानलाई खोज्दै प्रहरी

घरमा लागूऔषध भेटिएपछि श्रीमती पक्राउ, श्रीमानलाई खोज्दै प्रहरी

झापा । झापाको कन्काई नगरपालिका–३ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन् । गएराती विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ घर भई कन्काई–३ मा डेरा गरी बस्दै आएका सुमन चौधरीको कोठामा खानतलासी गरेको थियो । सोही क्रममा उनको कोठाबाट प्रहरी २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १...
ताप्लेजुङको टिपताला नाका तीन वर्षदेखि बन्द, सीमावर्ती क्षेत्रका बासिन्दालाई समस्या

ताप्लेजुङको टिपताला नाका तीन वर्षदेखि बन्द, सीमावर्ती क्षेत्रका बासिन्दालाई समस्या

ताप्लेजुङ । कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो । लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ । सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सा लगायत ठाउँका बासिन्दालाई बढी समस्यामा भएको छ । यहा...
जनताको गरिबी घटाउने गरी काम गर्छौंः मन्त्री राई

जनताको गरिबी घटाउने गरी काम गर्छौंः मन्त्री राई

धनकुटा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले जनताको गरिबी घटाउने गरी काम गर्ने बताएका छन् । सोनाम ल्होछारको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका–९ उत्तरपानीस्थित डायूर थर्पोलिङ्ग गुम्बामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । सरकारले गरिबी घटाउने उद्देश्यसहित काम गरिरहेको भन्दै मन्त्री राईले त्यसका लागि श्रम गर्न...
प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि बोलाइयो

प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि बोलाइयो

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि आव्हान गरिएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै माघ २३ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाएको हो । गत पुस ३० गते अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेश १ को नयाँ सरकार बनिसकेको छ । त्यस्तै अब प्रदेशसभाले विभिन्न ७ वटा विषयगत समिति निर्माण गर्नुपर्ने छ ।
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

विराटनगर । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन भने प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बिहीबार चाँदीको मूल्य प्र...
error: Content is protected !!