- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।

Advertisement

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन भने प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८३ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!