कुटपिटका कारण दुहबीका एक जनाको मृत्यु
विराटनगर । खोला छेउको माटो काट्ने क्रममा बिवाद हुँदा एक जनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा–५ स्थित बुढी खोलामा माटो काट्ने क्रममा भएको बिवाद कुटपिटमा परिणत हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुहबी–१ का ४० वर्षीय जाबिर मियाँ छन् । ‘शनिबार सामान्य बिवाद भएको अवस्थामा घटना कुटपिटमा परिणत भएछ’, सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मो. अजुल हुसेनले भने, ‘कुटपिट गर्ने र मृत...






























