गहना चोर्न झापाको बिर्तामोडकी वृद्धाको हत्या, दुईजना पक्राउ
झापा । झापाको बिर्तामोड नगरपालिका–४ की ६८ वर्षीया विष्णुमाया बिष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । घटनाको २० दिनपछि प्रहरीले स्थानीय गंगा राजवंशी र महेश राजवंशीलाई पक्राउ गरेको हो ।
पक्राउ परेको दुवैले घटनामा आफूहरुको संलग्नता रहेको स्वीकारेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बिष्टले लगाउने गरेको सुनको चुरा, सिक्रीलगायत गरगहना बरामद गरिएको छ । दुवैजना बिष्टक...





























