नेपालमा अब ८ सय ८४ प्रजातिका चरा
काठमाडौं । नेपालमा पाइने चरा प्रजाति ८ सय ८४ पुगेको छ । यसअघि नेपालमा ८ सय ८१ प्रजातिका चरा रहेका थिए । यो वर्ष तीन नयाँ प्रजातिका चरा भेटिएपछि चरा प्रजातिको संख्या वृद्धि भएको हो । सन् २०१६ मा रुफस टेल्ड रक थ्रस, ग्रे साइडेड थ्रस र वेस्ट हिमालयन बुस वाब्लर गरी तीन नयाँ प्रजातिका चरा भेटिएका छन् ।नेपालमा सबैभन्दा बढी चितवनमा ६ सय प्रजातिका चरा पाइन्छन् । कालो गरुड, सेतो गरुड, कृष्णकण्ठ गरुडलगायत...
