काठमाडौं । बुटवल-तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा सडक अबरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सो क्षेत्रमा खसेको पहिरोले सडकमा सयौं सवारी र यात्रु बिचल्लीमा परेका छन् ।

Advertisement

रुपन्देही लगायतका जिल्लामा हिजो बेलुका देखि अविरल वर्षा भइरहेको छ । सडक अबरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा, पोखरा, पर्वत, अर्घाखाँची जाने र सो क्षेत्रबाट बुटवल र्फकने यात्रुहरु बिचल्ली मै परेका छन् ।

अबिरल वर्षाले गर्दा सडकमा खसेको पहिरो हटाउन पनि समस्या भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!