संगालोखबर


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को‌ संयुक्त बैठकमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात ५९.८ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात १९.९ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

Advertisement

बजेटको श्रोतमा राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड छ । यस्तै वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब जुटाइने र आन्तरिक ऋणबाट ४ खर्ब १९ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!