संगालोखबर


धनकुटा । स्थानीय स्रोत, साधन र सीपको अधिकतम उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र, उत्पादन र संस्कृति निर्माणका लागि धनकुटाबाट जय नेपाल यात्रा सुरु भएको छ । जय नेपाल फाउण्डेसन धनकुटाले पत्रकार सम्मेलनको आयोजना गर्दै धनकुटाबाट यात्रा सुरु भएको जनाएको हो ।

‘हाम्रो माटो, हाम्रो उत्पादन, स्वदेशी रोजगारी र आत्मनिर्भर जीवन’ भन्ने मूल नाराका साथ धनकुटाबाट सुरु भएको यात्रा ७७ वटै जिल्लामा पुग्ने छ । फाउण्डेसनका केन्द्रिय अध्यक्ष बद्रि अर्यालका अनुसार निर्यातमुखी अर्थबजार, स्थानीय कच्चा पदार्थ प्रयोग हुने उद्योग, घरेलु उद्योग साथै उत्पादनसँग सम्बन्धित वस्तु, सेवा प्रणाली र व्यवसाय आदिको प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यले यात्रा सुरु गरिएको हो ।

Advertisement

यात्राले समाजमा दिगो विकास र वातावरणीय सन्तुलन कायम गर्दै आर्थिक समृद्धि हासिल गर्ने जनाइएको छ । अर्यालका अनुसार भूमि र जल व्यवस्थापन, जनशक्ति र श्रम, सेवा र राज्यको सुविधा, खाद्यवस्तु उत्पादनमा विषेश जोड दिइने छ ।

यात्राले कृषि उत्पादकत्व वृद्धिका मुख्य औजार र व्यवस्थापन, उद्यमशीलता र निर्दिष्ट व्यावसायिक शिक्षा, राज्यको मूल दायित्व र वास्तविक सुशासनसँग जोड्न सहयोग पुर्याउने उनले बताए ।

फाउण्डेसनका धनकुटाका संयोजक खेमराज पौडेलका अनुसार पछिल्लो समय आफ्नो देशको कला संस्कृति भुलेर अन्तराष्ट्रिय संस्कृति तिर लागेकाले यसले आफ्नो देशको कला, संस्कृतिसँग जोड्न, व्यवहारिक, व्यवसायिक समाजवाद निर्माण गर्ने बताए ।

यात्राले उत्पादनसँग मात्रै नभइ कला, संस्कृति, ज्ञान सीपलाई व्यवहारिक बनाउन सहयोग गर्ने जनाइको छ । धनकुटाबाट सुरु भएको यात्रा ७७ वटै जिल्लामा सञ्चालन गरिने फाउण्डेसनले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!