झापा । मतपत्र हराएको विषयलाई लिएर नेपाली कांग्रेस समर्थक कार्यकर्ताले अर्जुनधारा नगरपालिकाको कार्यालयमा आज तालावान्दी गरेका छन् ।

Advertisement

तालावन्दीका कारण अर्जुनधारा नगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणना स्थलमा तालावन्दी गरिएका कारण अर्जुनधारा नगरपालिकाको स्थिति समेत तनावग्रस्त छ ।

एमाले समर्थक नेता तथा कार्यकर्ताले तत्काल तालाबन्दी खोलिनु पर्ने र मतगढाना सुचारु गरिनुपर्ने माग गरेका छन् भने नेपाली कांग्रेस समर्थक नेता तथा कार्यकर्ताले मतपत्र हराएको विषयमा छानविन हुनुपर्ने माग गरेका छन् ।

अर्जुनधारा नगरपालिका–२ स्थित शिद्देश्वर प्राथमिक विद्यालयको मतदान केन्द्रकोे मतगणनाका क्रममा एक मत कम भेटिएपछि विवाद सृजना भएको हो ।

मतदान सम्पन्न भएपछिसो केन्द्रमा ७ सय ८९ मत खसेको तयार पारिएको थियो । तर, मत गणनाका क्रममा ७ सय ८८ मात्र भेटिएपछि विवाद सृजना भएको स्थानीवासीले बताएका छन् ।

सो केन्द्रमा एक हजार ४१ मतदाता रहेकोमा ७ सय ८९ मत खसेको मुचुल्कामा उल्लेख छ । तर, मतगणनाका क्रममा एक मत कम भेटिएको र सदरमतलाई समेत बदर भएको भन्दै नेकपा एमालेले अडान राखेपछि विवाद देखिएको नेपाली कांगेस समर्थक जीवन खतिवडाले बताउनुभयो ।

यता नेकपा एमाले समर्थक कार्यकता भीमा गौतमले नेपाली कांग्रेसले हार स्वीकार्न नसकेपछि सुनियोजित तरिकाले तालाबन्दी गरेको आरोप लगाउनुभएको छ ।

सो वडामा नेकपा एमालेका तर्फबाट रघुनाथ खनाल अध्यक्षको उम्मेदवार हुनुहुन्छ भने नेपाली कांग्रेसको तर्फबाट नरेन्द्र श्रेष्ठ शिदार्थ वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । यता अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेदवार हेमप्रसाद खरेलले मत पेटिकामा सिल नगरिएको , खसेको मत भन्दा कम पाइएको र विवाद सृजना भएपछि मत गणना स्थलमा मतपत्र विना जानकारी अन्यत्र सारिएपछि मतगणना कार्य रोकिएको बताउनुभयो ।

विवादपछि अर्जुनधारा नगरपालिकाको कार्यलयमा तालाबन्दी भएसंगै त्यहाँको सुरक्षा अवस्था कडा पारिएको छ ।
निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाले भने सो मतदान केन्द्रमा ७ सय ८८ मत नै खसेको बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!