काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिकाको मेयर/उपमेरमा एमालेले जित हात परेको छ । मेयरमा एमालेका भरतकुमार खत्री एमाले ५३१७ मतसहित विजयी भए । एमाले १२५ मतले जितेको हो ।

Advertisement

उनका निकटतम प्रतिद्वन्द्वी शंकरमान कँडेलले ५१९२ मत ल्याएको निर्वाचन अधिकृत मेघनाथ उपाध्यायले जानकारी दिए ।
यसैगरी उपमेयरमा एमालेकी मुना श्रेष्ठले ५३९८ मत ल्याएर विजय हासिल गरिन् । उनकी निकटत प्रतिद्वन्द्वी कांग्रेसकी अञ्जना लिङ्थेपले ४८०३ मत ल्याइन् ।

यो नगरमा एउटा वडामा कांग्रेसले जित्दा ८ वटामा एमालेले बर्चस्व कायम गरेको छ । २ वटा वडा माओवादीले जितेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!