संगालोखबर सम्वाददाता

धनकुटा, १८ असार । धनकुटाको महालक्ष्मी नगरपालिकामा काग्रेस–राप्रपा गठबन्धनलाई हराउँदै एमाले बिजयी भएको छ । एमाले उम्मेदवार पर्शुराम नेपाल ४ हजार ८ सय ९७ मतसहित महालक्ष्मीको मेयर निर्वाचित भएका हुन ।

उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस र राप्रपा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार अग्नी प्रसाद पौडेलले ३ हजार १ सय ५६ मत पाएका छन । १ हजार ७ सय ४१ मतान्तरले एमाले उम्मेदवार नेपाल बिजयी भएका हुन ।

Advertisement
महालक्ष्मी नगरका मेयर पर्शुराम नेपाल र उप–मेयर मञ्जु अधिकारी । तस्वीर-संगालोखबर

यता उपमेयरमा पनि एमाले बिजयी भएको छ । ४ हजार ५ सय ३४ मतसहित एमाले उम्मेदवार मञ्जु अधिकारी महालक्ष्मीको उप–मेयर निर्वाचित भएकी हुन ।

उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस–राप्रपा गठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार महेन्द्र निरौलाले २ हजार १ सय ५६ मत पाएका छन । २ हजार ३ सय ७८ मतान्तरले एमालेले उप–मेयर जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!