- रबिन कटेल/संगालोखबर

धनकुटा, १८ असार । सातवटै स्थानीय तहमा बिजयी हुँदै एमालेले धनकुटामा ‘कब्जा’ जमाएको छ । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा एमालेले बिजय प्राप्त गरेको हो ।

धनकुटा नगरपालिकामा एमाले उम्मेदवार चिन्तन तामाङ्ग ४ हजार ९ सय ३३ मतसहित बिजयी भएका छन । निकटतम प्रतिद्धन्द्धी कांग्रेसका दिनेश राईले ४ हजार ८ सय १९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । १ सय १४ मतान्तरले एमाले उम्मेदवार तामाङ्ग धनकुटा नगरको मेयरमा निर्वाचित भएका हुन ।

Advertisement

यता नगरको उप–मेयरमा पनि एमालेकी शकुन्तला बस्नेत ५ हजार ४ सय ६४ मतसहित बिजयी भएकी छन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी रेणु श्रेष्ठले ३ हजार ६ सय २३ मत पाएकी छन । १ हजार ८ सय ४१ मतान्तरले एमालेकी बस्नेत उपमेयर निर्वाचित भएकी हुन ।

धनकुटामा बिजयी भएका सातवटै स्थानीय तहका प्रमुखहरु । क्रमस: चिन्तन तामाङ्ग, पर्शुराम नेपाल, बिर्षबहादुर राई, खजिन्द्र राई, कुमारजंग याखा, मनोज राई र शेरबहादुर लिम्बु ।

महालक्ष्मी नगरपालिकामा काग्रेस–राप्रपा गठबन्धनलाई हराउँदै एमाले बिजयी भएको छ । एमाले उम्मेदवार पर्शुराम नेपाल ४ हजार ८ सय ९७ मतसहित महालक्ष्मीको मेयर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस र राप्रपा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार अग्नी प्रसाद पौडेलले ३ हजार १ सय ५६ मत पाएका छन । १ हजार ७ सय ४१ मतान्तरले एमाले उम्मेदवार नेपाल मेयर निर्वाचित भएका हुन ।

यता उपमेयरमा पनि एमाले बिजयी भएको छ । ४ हजार ५ सय ३४ मतसहित एमाले उम्मेदवार मञ्जु अधिकारी महालक्ष्मीको उप–मेयर निर्वाचित भएकी हुन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस–राप्रपा गठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार महेन्द्र निरौलाले २ हजार १ सय ५६ मत पाएका छन । २ हजार ३ सय ७८ मतान्तरले एमालेले उप–मेयर जितेको हो ।

यता पाख्रीवास नगरपालिकामा एमालेको प्यानलनै विजयी भएको छ । एमालेका बिर्षबहादुर राई ४ हजार ४ सय ३९ मतसहित मेयरमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसकी इन्दिरा थापाले १ हजार ६ सय २८ मत प्राप्त गरेकी छन । २ हजार ८ सय ११ मतान्तरले एमाले उम्मेदवार राई बिजयी भएका हुन ।

उप–मेयरमा एमालेकी देवकला तिम्सिनाले ४ हजार ४ सय २६ मत पाएकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका ज्ञानबहादुर गुरुङ्गले १ हजार ८ सय ३३ मत प्राप्त गरेका छन । दुईवीच २ हजार ५ सय ९३ को मतान्तर छ । पाख्रीवास नगरका ५२ वटै पदमा एमाले बिजयी भएको हो ।

विजयउत्सव मनाउँन धनकुटाको मदनचौकमा भेला भएका एमाले कार्यकर्ताहरु । तस्वीर:संगालोखबर

त्यस्तै साँघुरीगढी गाउँपालिकामा पनि कांग्रेस–संघीय समाजवादी गठबन्धनलाई हराउँदै एमाले बिजयी भएको छ । एमालेका कुमारजंग याखा ४ हजार ४ सय ४९ मतसहित साँघुरीगढीको अध्यक्षमा बिजयी भएका हुन । उनका निकतटम प्रतिद्धन्द्धी कांग्रेस–संघीय गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार जितेन्द्र रुम्दाली राईले ३ हजार ३ सय ३३ मत प्राप्त गरेका छन । १ हजार १ सय १६ मतान्तरले एमाले उम्मेदवार याखा अध्यक्षमा निर्वाचित भएका हुन ।

यता उपाध्यक्षमा पनि एमाले उम्मेदवार बिन्द्रा राई बिजयी भएकी छन । उनले ४ हजार २ सय ९ मत प्राप्त गरेकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी काग्रेस–संघीय गठबन्धनका तर्फबाट संघीयका उम्मेदवार बलबहादुर राईले २ हजार २ सय ६० मत ल्याएका छन । १ हजार ९ सय ४९ मतान्तरले एमालेले उपाध्यक्ष जितेको हो ।

चौबिसे गाउँपालिकामा कांग्रेस र संघीय समाजवादी फोरम वीचको गठबन्धनलाई हराउँदै एमाले बिजयी भएको छ । एमालेका खजिन्द्र राईले ३ हजार ७ सय ८२ मत प्राप्त गर्दै अध्यक्षमा बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस–संघीय गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार हर्क चेम्जोङ्गले ३ हजार २ सय ७९ मत प्राप्त गरेका छन । एमालेका राईले गठबन्धनका उम्मेदवार चेम्जोङ्गलाई  ५ सय ३ मतान्तरले पराजित गरेका हुन ।

उपाध्यक्षमा एमालेकी यज्ञकुमारी रुचालले ३ हजार ६ सय ९६ मत सहित बिजयी भएकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरमका उपेन्द्र लावतीले २ हजार ६ सय ९९ मत प्राप्त गरेका छन । ९ सय ९७ मतान्तरले उपाध्यक्षमा रुचाल बिजयी भएकी हुन ।

धनकुटा बजारमा निश्किएको एमाले बिजयजुलुश ।

त्यस्तैगरी छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा एमालेका शेरबहादुर लिम्बु ३ हजार ३ सय ४९ मतसहित बिजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका बिष्णु बहादुर लिम्बुले १ हजार ५ सय ३१ मत प्राप्त गरेका छन । १ हजार ८ सय १८ मतको अन्तरले अध्यक्षमा एमालेका लिम्बु बिजयी भएका हुन ।

उपाध्यक्षमा ३ हजार २ सय ८९ मतसहित एमालेकी भीमकला श्रेष्ठ बिजयी भएकी छन भने निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रकी गीता खेवाले २ हजार ७३ मत पाएकी छन । १ हजार २ सय १६ मतान्तरले एमालेले उपाध्यक्ष जितेको हो । छथर जोरपाटी गाउँपालिकाका ३२ पद मध्ये एमाले ३१ पदमा बिजयी भएको हो । २ नम्बरको वडाध्यक्षमा भने एमालेका उम्मेदवार इन्द्र सारु मगरलाई १ मतान्तरले हराउँदै माओवादी केन्द्रका कृष्ण मगर बिजयी भएका छन ।

त्यस्तै खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिकाको अध्यक्षमा ४ हजार ५४ मतसहित एमालेका मनोज राई विजयी भएका छन । यता निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका भरतसिंह राईले १ हजार ५ सय ७९ मत पाएका छन । एमालेका राई २ हजार ४ सय ७५ मतान्तरले बिजयी भएका हुन ।

उपाध्यक्षमा पनि एमालेकी रत्नश्वरी राई बिजयी भएकी छन । उनले ३ हजार ९ सय १६ मत पाएकी छन भने निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका राम कुमारी राईले १ हजार ५ सय ३४ मत पाएकी छन । २ हजार ३ सय ८२ मतान्तरले एमालेकी राई उपाध्यक्ष निर्वाचित भएकी हुन ।

खाल्साको १ नम्बर वडाध्यक्षमा काग्रेस र वाँकी ३६ वटै पदमा एमाले बिजयी भएको सहायक निर्वाचन अधिकृत इन्दिरा न्यौपानेले जानकारी दिएकी छन् । ७ वटै स्थानीय तहमा कब्जा जमाएपछि एमालेले जिल्लाभरनै बिजयउत्सव मनाईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!