
काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण प्रस्तुत गर्दै कर्मचारीको तलब सुरु स्केलमा १० प्रतिशत बढाएको बताएका हुन् ।
सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनको आधारमा पारिश्रमिकको सुरुवात गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था समेत गरिएको अर्थमन्त्रीले बताए ।
यसबाट हाल खाइपाइ आएको पारिश्रमिकमा करिब २१ प्रतिशत वृद्धि भई ग्रेडसहित न्यूनतम तलब करिब ४० हजारदेखि १ लाखमाथि कायम हुने अर्थमन्त्री वाग्लेले उल्लेख गरे ।


संगालोखबर 















