रबिन कटेल/संगालोखबर

धनकुटा, १७ असार । धनकुटा नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । एमाले उम्मेदवार चिन्तन तामाङ्ग नगरको मेयरमा बिजयी भएका हुन । उनले ४ हजार ९ सय ३३ मत प्राप्त गरेका छन ।

Advertisement

यता निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिनेश राईले ४ हजार ८ सय १९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिएका छन ।

धनकुटामा निश्किएको एमालेको बिजय जुलुश । तस्वीर:रबिन कटेल/संगालोखबर

१ सय १४ मतान्तरले एमालेका उम्मेदवार तामाङ्ग धनकुटा नगरको मेयरमा निर्वाचित भएका हुन । यता नगरको उप–मेयरमा पनि एमालेकी शकुन्तला बस्नेत बिजयी भएकी छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!