रेडपान्डा र चितुवाको छालासहित तीन पक्राउ

रेडपान्डा र चितुवाको छालासहित तीन पक्राउ

सुर्खेत। दुर्लभ वन्यजन्तु रेडपान्डा र चितुवाको छालासहित तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोट महाबु– ३ का ३८ वर्षीय दीपक सिंह, खाडाचक्र नगरपालिका– ३ का २४ वर्षीय रमित मल्ल र दैलेख नारायण नगरपालिका– ११ का ३५ बलबहादुर सिंह रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुर्लभ रेडपान्डा र चितुवाको छाला दुई थान तथा त्यसको हड्डीसहित आज वीरेन्द्रनगरको एरिचोकबाट उनीहर...
जिप दुर्घटना हुँदा सातजना घाइते

जिप दुर्घटना हुँदा सातजना घाइते

बैतडी । जिप दुर्घटना हुँदा बैतडीमा सातजना घाइते भएका छन् । देहिमाडाँबाट गिरेगाडाका लागि हिँडेको से १ ज ५६७ नंको जिप गएराति ९ बजे दशरथचन्द नगरपालिका–९ को पार्साखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो । कच्ची बाटामो पानी परेको र चिप्लो भएकाले चिप्लिएर जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ । घाइते हुनेमा बैतडी पञ्चेश्वर–५ का २१ वर्षीय प्रकाश भण्डारी, ३६ वर्षीया कलावती चन्द, १५ वर्षीय कमलेश महतर, प...
बेलबारीमा एमाले विजयी

बेलबारीमा एमाले विजयी

बेलबारी । मोरङको बेलबारी नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयर र उपमेयर दुवैमा एमाले बिजयी भएको छ । मेयरमा नेपाली काँग्रेसका राजकुमार लिम्बुलाई पराजित गर्दै ज्ञानेन्द्र सुवेदी र उपमेयरमा काँग्रेसकी उपमेयर उम्मेदवार रुक्मिणी धिमाललाई पराजित गर्दै ढाका पराजुली तारा निर्बाचित भएका छन । यस्तै वडा नम्बर ११ को अध्यक्षमा नेपाली नेकपा एमालेकै राजन पोख्रेल अत्याधिक मतका साथ बिजयी भएका छन ।
अझै सुचारू हुन सकेन धरानकाे मतगणना

अझै सुचारू हुन सकेन धरानकाे मतगणना

धरान। नेकपा माओवादीसंगै संघीय गठबन्धनले गरेको विरोधका कारण सोमबार ११ बजेदेखि स्थगित भएको मतगणना आज दिनभरि पनि हुन सकेन । मत गणनाको क्रममा गणक कर्मचारीहरुले ‘एउटाको मत अर्कोकोमा गणना गरेको’ भन्दै आएका गठबन्धनले पुन मतगणनाको माग गर्दै गणक कर्मचारीलाई कारबाहीको माग गर्दै दिनभरि जसो धरान ८ निर्वाचन कार्यालयमा चर्को नाराबाजीसहित धर्ना दिएको छ । पटक पटक बसेको सर्वदलीय बैठकले पनि पुन मतगणना गर्न...
महालक्ष्मीका मेयरको यस्तो छ पहिलो निर्णय

महालक्ष्मीका मेयरको यस्तो छ पहिलो निर्णय

महालक्ष्मी (धनकुटा) । धनकुटाको महालक्ष्मी नगरपालिकाका नव निर्वाचित मेयर पर्शुराम नेपालले सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै दुई महिना भित्र सवै वडा कार्यालय स्थापना गर्ने निर्णय गरेका छन । उनले दुई महिना भित्र महालक्ष्मी नगरपालिकाका नौ वटै वडा कार्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका हुन । ‘अवको दुई महिना भित्र महालक्ष्मीका सवै वडा कार्यालय स्थापना गर्छौ ।’ पदभारग्रहणपछि नव निर्वाचित मेयर नेपा...
जनतासँगको प्रतिवद्धता पुरा गर्न जनप्रतिनिधि भएलगत्तै काम सुरु

जनतासँगको प्रतिवद्धता पुरा गर्न जनप्रतिनिधि भएलगत्तै काम सुरु

छथर जोरपाटी (धनकुटा) । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शेरबहादुर लिम्बुले भोट माग्न जाँदा जनतासँग गरेको प्रतिवद्धता अनरुप कामको थालनी गरेका छन । गाउँपालिका अध्यक्षमा निर्वाचित भएलगत्तै लिम्बुले सिधुवा बजार हुँदै स्वास्थ्य चौकी जोड्ने पक्की सडकको शिलान्यास गरेका हुन । पक्की सडकको शिलान्यास गर्दै अध्यक्ष लिम्बुले आफुले चुनावमा वेला भोट माग्न जाँदा गरेका सवै प्रतिवद्ध...
थाइल्याण्डमा जिका भाइरस संक्रमित भेटिए

थाइल्याण्डमा जिका भाइरस संक्रमित भेटिए

बैंकक । मध्यथाइल्याण्डको फिचित प्रान्तमा ११ व्यक्तिमा जिका भइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । त्यसैगरी यस भाइरसबाट थप २७ व्यक्ति प्रभावित भएको बताइएको भए पनि यसको भने पुष्टि हुन बाँकी रहेको थाइ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।  एघार जनाको मात्र पुष्टि भएको प्रान्तीय गभर्नर विरासक विचितसइङ्सीले जानकारी दिएका छन् । उनले भनेका छन् परीक्षणबाट ११ व्यक्ति सो भाइरास संक्रमित भएको पुष्टि भएको छ...
नयाँ प्रस्ताव ल्याए एमालेले पारित गर्छ : सचिव ज्ञवाली

नयाँ प्रस्ताव ल्याए एमालेले पारित गर्छ : सचिव ज्ञवाली

काठमाडौं।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सदनमा विचारधिन रहेको संविधान संशोधन प्रस्तावफिर्ता लिएर एमालेको सहमतिमा नयाँ संशोधन प्रस्ताव तयार पारे त्यसलाई पारित गर्र्ने बताएका छन् । मंगलबार काठमाडौमा भएको साक्षत्कारमा सचिव ज्ञवालीले अहिले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने बताउँदै भने, ‘अहिलेको संशोधन प्रस्ताव हामीसँग सल्लाह नगरी ल्याई...
नागरिकता लिन दुई दिनदेखि लाईनमा

नागरिकता लिन दुई दिनदेखि लाईनमा

रुकुम, २० असार । बाँफिकोट गाउँपालिका–६ की सुष्मिता पुन जनजातिको जातीय सिफारिस लिनका लागि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा लामबद्ध लागेको दुई दिन भयो। उनले नागरिकता अझै पाउन सकेकि छैनन्। उनी जस्तै बाँफिकोट–२ कै नन्दराम केसी पनि नाता प्रमाणितको सिफारिस लिनका लागि लामबद्ध बसेको दुई दिन नै भयो। जिल्लामा विद्युत् सेवा अनियमित हुँदा जिल्ला प्रशासनलगायत सरकारी कार्यालयको नियमित काममा समस्या भएको छ।...
बाढीपहिराले पश्चिम म्याग्दीको यातायात प्रभावित

बाढीपहिराले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी। वर्षासँगै आएको बाढीपहिराले पश्चिम क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ । अविरल वर्षाले सडकमाथिबाट खस्ने पहिरो र बाढीले बेनी–दरवाङ सडक खण्डका विभिन्न ठाउँको सडक अवरुद्ध हुन थालेको हो । सडकखण्डअन्तरगत  फापरखेत र सिमलचौरको कस्केरीमा पटक पटक सडक अवरुद्ध हुन थालेको छ । सिमलचौरको कस्केरीचोकमा मिठौला– खानीगाउँ– पूर्णगाउँ सडकमा नयाँ विस्तार गरिएको सडकको माटो बाढीले बगाएर ल्याएका कारण सड...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं। यो हप्ता सुनको मूल्य ओरालो लागेको छ । आज पनि सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा झरेको छ । हिजो सुन बजारमा ५४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर ७ सय ३० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको ...
वृद्धभत्ता वडा कार्यालयबाट तत्काल वितरण गरिने

वृद्धभत्ता वडा कार्यालयबाट तत्काल वितरण गरिने

  पाल्पा। पाल्पा, रामपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रमणबहादुर थापाले वृद्धभत्ता वडा कार्यालय भवनबाट तत्काल वितरण गरिने  बताएका  छन् । नगरपालिकाको पहिलो नगर प्रमुख थापाले पदबहाली गर्दै वृद्धवृद्धालाई ध्यानमा राखी वृद्धभत्ता बुझ्न सहज परोस् भन्ने उद्देश्यले आफूले तत्काल वडा कार्यालय भवनबाट वितरण गर्ने व्यवस्था मिलाउन प्राथमिकतामा राखेको बताए । उनले रामपुरको बेझाड बजार क्षेत्र...
अाजदेखि मुग्लिन सडक सञ्चालनमा

अाजदेखि मुग्लिन सडक सञ्चालनमा

चितवन।  पहिराले अवरुद्ध मुग्लिन सडक  म‌ङ्गलवार बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तरगत इच्छाकामना गाउँपालिका– ६ को चार किलो भन्ने स्थानमा खसेको पहिरो पन्छाइएपछि अहिले यातायात सञ्चालनमा आएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । पहिराका कारण रोकिएका सवारी अहिले गन्तव्यतर्फ जान थालेको इलाका प्रहरी कार्यालय मुग्लिनले बताएको छ । बिहान ९ बजे खसेको पहिर...
कम्युनिस्ट पार्टीद्वारा अनिश्चितकालीन यातायात बन्द आह्वान

कम्युनिस्ट पार्टीद्वारा अनिश्चितकालीन यातायात बन्द आह्वान

रोल्पा। गिरफ्तार गरिएका कार्यकर्ता अझै रिहा नगरेको बताउँदै नेपाल कम्युनिस्ट पार्टीले राेल्पामाअनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ । सो पार्टीका रोल्पा जिल्ला सेक्रेटरी दलकबहादुर खत्रीले विज्ञप्ति जारी गरी निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता अझै रिहा नगरेको भन्दै बन्द आह्वान गरिएको बताए । रोल्पामा ११ जना र एक पत्रकारलाई गिरफ्तार गरी लामो समय हिरासतम...
उपराष्ट्रपति पुन चीनतर्फ प्रस्थान

उपराष्ट्रपति पुन चीनतर्फ प्रस्थान

काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनतर्फ प्रस्थान गरेका छन्। चीनले आयोजना गरेको ‘२३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गरेका हुन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति पुनलाई प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिध...
पुरुष बराबर ज्याला नपाएपछि छुट्टै समूह बनाई सडक निर्माणमा लागे महिला

पुरुष बराबर ज्याला नपाएपछि छुट्टै समूह बनाई सडक निर्माणमा लागे महिला

रामेछाप।महिलाले पुरुषसरह काम गर्न सक्दैनन् भनी काममा नलगाएपछि रामेछापको गोकुलगङ्गा गाउँपालिका–१ चचुरेका महिला महिलाको मात्रै समूह बनाई काममा लागेका छन्। स्थानीय उपभोक्तामार्फत निर्माण भइरहेको चुचुरेको गर्जाङ–खहरे सडकमा पुरुषले सँगै काम लगाउन नमानेपछि त्यहाँका महिला छुट्टै समूह बनाएर काममा लागेका हुन्। सो सडकमा महिला र पुरुषलाई समान कामका लागि समान ज्यालाको नीति कडाइका साथ लागू गरिएपछि पुरुषले मह...
झाडापखालाबाट थप एकको मृत्यु, २५ जना सिकिस्त

झाडापखालाबाट थप एकको मृत्यु, २५ जना सिकिस्त

सिरहा। विगत दुई सातादेखि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा नआउँदा झाडापखालाबाट सोमबार साँझ थप एकको मृत्यु भएको छ भने २५ जना सिकिस्त बिरामी परेका छन्। पछिल्लो पटक झाडापखालाबाट लक्ष्मीपुर पतारीस्थित सीतापुरप्रध निवासी ६५ वर्षीया गुद्रीदेवी यादवको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा चुमनलाल दासले जानकारी  दिए। झाडापखालाब...
घुस लिदालिदै प्राधिकरणका सुपरभाइजर पक्राउ परेपछि…

घुस लिदालिदै प्राधिकरणका सुपरभाइजर पक्राउ परेपछि…

भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाका सुपरभाइजर भगवान सागर भैललाई घुस लिइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरेको छ ।  आयोगको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भैललाई रु ११ हजार घुस लिइरहेको अवस्थामा उनकै कार्यकक्षबाट सोमबार रङ्गेहात पक्राउ गरेको हो । एक ग्राहकसँग मिटरको क्षमता वृद्धि गर्न भैलले घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले अनुसन्ध...
भीषण वर्षाका कारण बाटो अवरुद्ध

भीषण वर्षाका कारण बाटो अवरुद्ध

गौशाला  । महोत्तरी जिल्लामा गएराति परेको भीषण वर्षाका कारण जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध भएको छ । रातभरिको भीषण वर्षाका कारण जिल्लाको जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिट्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायतका बाटो पनि अवरुद्ध भएको छ । जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले ती खाल्डाखुल्डीमा पानी जमेर यातायातका ...
बस पल्टिँदा घाइते सातमध्ये तीन जनाको मृत्यु

बस पल्टिँदा घाइते सातमध्ये तीन जनाको मृत्यु

चितवन । इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान अन्दाजी २ः२५ बजे यात्रुबाहक बस पल्टिँदा घाइते भएका सात जनामध्ये तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ । उप...
धनकुटाका जनप्रतिनिधिद्धारा पदभार ग्रहण

धनकुटाका जनप्रतिनिधिद्धारा पदभार ग्रहण

धनकुटा, १९ असार । स्थानीय तह निर्वाचनमा बिजयी भएका धनकुटाका सातवटै स्थानीय तहका जनप्रतिनिधिहरुले सपथ ग्रहण गरी पदभार संहालेका छन । धनकुटाका तीन नगरपालिकामा निर्वाचित प्रमुख, उप–प्रमुख, वडाध्यक्ष र सदस्यहरुले सोमवार सपथ लिएका छन । त्यस्तै चार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुले पनि सफत ग्रहण गरी कार्यभार संहालेका हुन । यसैवीच धनकुटा नगरपालिकामा निर्वाचित मेयर चिन्तन तामाङ्ग, उप...
आर्थिक विकास गुणात्मक रुपमा अगाडि बढ्ने–अर्थमन्त्री कार्की

आर्थिक विकास गुणात्मक रुपमा अगाडि बढ्ने–अर्थमन्त्री कार्की

काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विद्युत् आपूर्तिमा आएको सुधार र कृषि उत्पादनमा भएको बढोत्तरीका कारण मुलुकको आर्थिक विकास गुणात्मक रुपमा अगाडि बढ्ने बताए । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘आर्थिक वर्ष २०७४÷७५ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफमा उहाँले चालु आवमा देखिएको आर्थिक सुधार आगामी आवम...
खोटाङमा पाँच एमाले, चार काँग्रेस र एक स्थानीय तहमा माओवादी केन्द्र विजयी

खोटाङमा पाँच एमाले, चार काँग्रेस र एक स्थानीय तहमा माओवादी केन्द्र विजयी

खोटाङ । जिल्लाको दश स्थानीय तहमध्ये नेकपा (एमाले)ले पाँच, नेपाली काँगेस चार र नेकपा (माओवादी केन्द्र)ले एक तहमा विजयी भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको यो जिल्लामा एमालेले एक नगरपालिका र चार गाउँपालिका, काँग्रेसले एक नगरपालिका र तीन गाउँपालिका तथा माओवादी केन्द्रले एउटा गाउँपालिकामा विजयी भएका हुन् । जिल्लाको सबैभन्दा ठूलो तथा सदरमुकाम रहेको रुपाकोट मझुवागढी नगरपालिकामा एमालेले प्...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

  काठमाडौं । हिजो मात्रै २ सय रुपैयाँले घटेको सुनको मूल्य आज थप १ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजारमा झरेको छ । हिजो सुन बजारमा प्रतितोला ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य आज पनि यथावत नै छ । तीन दिनदेखि यथावत रहेको चाँदी आज पनि प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
लालीगुराँसका मेयरः माओवादीको माला फालेर कांग्रेसमा ‘कमब्याक’

लालीगुराँसका मेयरः माओवादीको माला फालेर कांग्रेसमा ‘कमब्याक’

तेह्रथुम । नेपाली कांग्रेसले तेह्रथुममा एउटा मात्रै स्थानीय तह जितेको छ । जिल्लामा कांग्रेसलाई ‘क्लिन स्वीप’ गर्न नदिने यी व्यक्ति हुन्– लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङ । अर्जुनबाबुलाई जिल्लामा धेरै मानिसले राजनीतिज्ञ भन्दा पनि लेखकका रुपमा चिन्छन् । कलेज पढ्न तेह्रथुमबाट धरान झरेका अर्जुनले एक दशकभन्दा बढी समय धरानमै बिताए । उनले महेन्द्र बहुमुखी क्याम्पसको कर्मचारी समेत भएर का...
भोजपुरको चुनावका अनेक ‘सरप्राइज’: एमाले स्तब्ध, कांग्रेसले लियो बदला

भोजपुरको चुनावका अनेक ‘सरप्राइज’: एमाले स्तब्ध, कांग्रेसले लियो बदला

भोजपुर । स्थानीय तह दोस्रो चरणको भोजपुरको चुनावी परिणामले यहाँका सबैलाई चकित तुल्याएको छ । ०७० सालको संविधानसभा चुनावमा दुवै क्षेत्र जितेको नेकपा एमालेले आफ्नो वर्चश्व जोगाउन सकेन । संघीय समाजवादी फोरमले पूर्वी पहाडमा सबैभन्दा बढी अपेक्षा गरेको भोजपुरबाट शून्य सफलता पायो । एमाले विरुद्ध जिल्लामा भएका सबै दलको तालमेल र एउटै चुनाव चिह्नमा गठन्धनका दल लडेका कारण पनि चर्चामा रहेको भोजपुरमा सबै दल ...
आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक

आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक

काठमाडौ। बौद्धनाथ क्षेत्र विकास समितिले आव २०७४÷७५ का लागि रु आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ । समितिले चालु खर्चतर्फ रु तीन करोड ९५ लाख ८० हजार तथा पुँजीगत खर्चतर्फ रु चार करोड ६६ लाख विनियोजन गरेको छ । गत वर्षको मौज्दात रु दुई करोड रहेको र टिकट बिक्रीबाट मात्र रु छ करोड ५० लाख आम्दानी हुने तथा सटर बहालबाट रु चार लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ । पुरातात्विक, धार्मिक...
भ्याटको दायरामा आउनुस् मात्रै भनेका हौं : राजस्व बिभाग

भ्याटको दायरामा आउनुस् मात्रै भनेका हौं : राजस्व बिभाग

काठमाडौं । सेयर कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) कहिलेबाट लाग्ने र कसरी लाग्ने भन्ने हालसम्म टुंगो लागेको छैन् । हामीले कहिलेबाट लाग्ने र अहिलेको व्यवस्थाभन्दा फरक कुन तरिकाले लाग्ने भन्ने कुनै पनि कुरा भनेका छैनौं,’ राजस्व बिभाग निमित्त महानिर्देशक चन्द्रकला पौडेलले भनिन् । हाल भ्याट कसरी लाग्ने पहिले नै तय विषय भएकोले राजस्व बिभागले नयाँ मोडालिटीको कुरा गर्न नमिल्ने बताए । ब्रोकर कमि...
देउवाको गृहजिल्लामा माओवादीको साख जोगाउने नेता भन्छन्– सरकार खोज्ने अवस्था अन्त्य गर्छु

देउवाको गृहजिल्लामा माओवादीको साख जोगाउने नेता भन्छन्– सरकार खोज्ने अवस्था अन्त्य गर्छु

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा माओवादी केन्द्रले एक तहमा जित हासिल गर्दै साख जोगाएको छ । माओवादी केन्द्रले जिल्लाको अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जित्दै आफ्नो साख जोगाएको हो । अजयमेरु गाउँपालिकाको अध्यक्षमा माओवादी नेता उमेशप्रसाद भट्ट ‘विकास’ निर्वाचित भए । उनले २ हजार ६ सय ९० मत पाए । उपाध्यक्...
करेन्ट लागेर एककको मृत्यु

करेन्ट लागेर एककको मृत्यु

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ बस्ने ४८ बर्षिय ताराचन्द्र सरदारको आइतबार करेन्ट लागेर ज्यान गएको छ। आफ्नै घरको पोखरीमा मोटरबाट पानी तान्ने क्रममा बेलुका ७ बजेतिर अचानक करेन्ट लागेका सरदारको घटनास्थलमै मृत्यु भएको सुरक्षा बेस क्याम्प पत्थरगाढाले जनाएको छ।
माछापुच्र्छे बैंकले सल्यान शाखामा गर्यो बृहत निःशुल्क स्वास्थ्य शिविर

माछापुच्र्छे बैंकले सल्यान शाखामा गर्यो बृहत निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । माछापुच्र्छे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत असार १७ गते सारदा नगरपालिका १५ स्थित माल्नेटा, सल्यानमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर मार्फत ५ सय ३० भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँच लाख बराबरको निःशुल्क औषधी समेत वितरण गरिएको थियो । कार्यक्रम कान्तिपुर सामुदायिक अस्पताल प्रालिको सहकार्यमा भएको हो । यस बैंकले...
error: Content is protected !!