संगालोखबर


विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-४ आइतबारेमा बारीमा उम्रिएको च्याउ खाँदा दुई बालकसहित एकै परिवारका चार जना बिरामी परेका छन् ।

बिरामी पर्नेमा ३६ वर्षीय भूमिराज उराउ, उनकी ३२ वर्षीया पत्नी रामकुमारी, १४ वर्षीय छोरा अर्विन र ८ वर्षीय छोरा अरुण छन् ।

Advertisement

प्रहरीका अनुसार आज बिहान आफ्नै बारीको परालमा उम्रिएको सेतो रङको च्याउको तरकारी खाएपछि उनीहरू बिरामी परेका हुन् । बिरामीमध्ये ८ वर्षीय बालक अरुण उराउको अवस्था गम्भीर रहेको जनाइएको छ ।

उनीहरू सबैको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!