बेलायत । बेलायतमा एउटा स्कुलले कुकुरलाई कर्मचारीको रुपमा भर्ना ग्ारेको छ । शोला नामको उक्त कुकुरले फूल टाइम जब पाएको हो ।

Advertisement

उक्त कर्मचारी कुकुर हरेक बिहान स्टाफ बैठकमा सहभागी हुन्छ र त्यसपछि विद्यार्थीहरुसँग भेटघाट गर्दछ ।

परीक्षाको बेला विद्यार्थीहरुको तनाव कम गर्नु यो कुकुरको जागिरको मुख्य काम हो । यो कुकुरमा आत्तिएका वा समस्यामा परेका मानिसहरुलाई पहिचान गर्न सक्ने क्षमता रहेको बताइन्छ ।

स्कुलमा प्रधानाध्यापकका अनुसार शोलाले आफ्नो काम दक्षतापूर्वक गर्दै आएको छ । उनका अनुसार एकजना छात्रा परीक्षा अगाडि निकै डराएकी थिइन् र परीक्षाहलमा समेत बस्न चाहँदैनथिन् । तर शोलासँग भेटघाट गरिसकेपछि ती छात्राको तनाव कम भयो र खुसीसाथ परीक्षा दिइन् ।

परीक्षामा मात्र होइन अन्य समयमा कक्षाकोठामा तनावग्रस्त अवस्थामा रहेका विद्यार्थीको मन बहलाउने काम पनि यसले गर्दछ । ऊ लगातार कक्षा कोठाहरुको निरिक्षणमा रहन्छ ।

कक्षा भित्र छिरिसकेपछि सबै विद्यार्थीलाई हेर्दछ र यदि कोही विद्यार्थी तनावग्रस्त देखिएमा सोही विद्यार्थीको नजिक गएर बसेर उसलाई प|mेस गराउने र मूडमा ल्याउने काम गर्दछ ।

३ सय विद्यार्थीहरुबाट प्राप्त सुझावका आधारमा यो ४ यो कुकुरलाई जागिरमा भर्ति ग्रिएको हो । एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!