ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको एक मात्र फुङलिन नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका नगरप्रमुखका उम्मेदवार छत्रपति प्याकुरेलले तीन हजार ८९८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

Advertisement

त्यसैगरी, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । केन्द्रका उपप्रमुखका उम्मेदवार बमबहादुर भट्टराई (तारा)ले तीन हजार १२९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

नपा प्रमुखको प्रतिद्वन्द्वीमा नेकाका केशवप्रसाद दाहालले तीन हजार ६०६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपप्रमुखका प्रतिद्वन्द्वीमा नेकपा एमालेका विमल सुब्बाले दुई हजार ९१५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त नगरपालिकाका ११ वडामध्ये काँग्रेस ३, ६, ७, ८ र ९ वडामा विजयी भएको छ । एमाले १, २, ५ र १० वडामा विजयी भएको छ । त्यस्तैगरी नेकपा (माओवादी केन्द्र)ले वडा नं ४ र ११ मा जित हासिल गरेको छ । उक्त नगरपालिकामा काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन गरी निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!