संगालोखबर
तस्बिर : एआईको सहयोगमा

नवलपुर । नवलपुरमा बुबाले आफ्नै छोराको हत्या गरेका छन् । शनिबार राति १० बजेतिर गैडाकोट नगरपालिका-१५ चिन्तामणि टोलमा ४३ वर्षीय शंकर गिरीको हत्या भएको हो ।

गिरीको हत्या आरोपमा ६३ वर्षीय बुबा डम्मरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरूबीच गएराति घरायसी विवाद भएको थियो ।

Advertisement

त्यही क्रममा बुबा डम्मरले खुर्पाले शंकरको टाउकोमा प्रहार गरेका थिए । खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका शंकरको उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा पठाइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!