
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार पाँच सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला तीन सय पाँच रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला पाँच हजार तीन सय ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















