सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको ठूलोसिरुबारीबाट काठमाडौं जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको मोटरसाइकलसँग जुध्दा २ जनाको मृत्यु भएको छ । ४ जना गम्भीर र ३० सामान्य घाइते छन् । ठूलोसिरुबारीकी गम्भीर घाइते मनकुमारी थापा र अर्का एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का मृतकको सनाखत हुन सकेको छैन ।

Advertisement

बा २ ख २७०२ नम्बरको चालीस यात्रु बोकेको बस बन्देउ चौतारा सडकखण्डको पोखरेबेसीमा बा ६४ प ३०२६ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो । एकले अर्कोलाई उछिन्ने होडबाजीमा आइरहेको यात्रु बस र बाइक दुर्घटनास्थलबाट १५ मिटर तल खसेको प्रहरी जवान केदार तिवारीले बताए । दुर्घटना भएलगत्तै उद्धार गरी गम्भीर घाइते भएकाहरुलाई तत्काल धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘सामान्य घाइतेलाई जिल्ला अस्पताल ल्याइएको छ ,’ प्रहरी उपरीक्षक रवीन्द्र केसीले भने,‘घाइतेको परिचयबारे पूरा विवरण भने आइसकेको छैन ।’

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!