बर्दिया । बारबर्दिया बारबर्दिया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा माओवादी उम्मेदवार दुर्गाबहादुर थारु ‘कबिर’ निर्वाचित भएका छन् ।

Advertisement

विजयी दुर्गाबहादुरले २ हजार ३ सय ९७ मत अन्तरले एमाले उम्मेदवार रामबहादुर चौधरीलाई हराएका छन् ।

माओवादीका दुर्गाबहादुरले ११ हजार ४२ र एमालेका रामबहादुर चौधरीले ८ हजार ६४५ मत पाएको मुख्य निर्वाचन अधिकृत छविन्द्र पराजुलीले जानकारी दिए ।

तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार परशुराम चौधरीले ८ हजार १९९ मत पाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!