समाजसेवी डा.शर्मालाई कांग्रेस नेता सिटौलाको सम्मान
झापा । स्वास्थ्य र शिक्षा क्षेत्रबाट समाजमा योगदान पुर्याएको भन्दै नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई झापामा सम्मान गरिएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ ले बिर्तामोड–१० स्थित सैनिक बजारमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले डा.शर्मालाई सम्मान गरेका हुन् ।
कार्यक्रममा नेता सिटौलाले दोसल्ला र माला लगाएर सम्मानपत्र प्रदान ग...































