बाख्रा फर्ममा आगलागी हुँदा १२५ खसीबाख्रा मरे, ८० लाखको क्षति

बाख्रा फर्ममा आगलागी हुँदा १२५ खसीबाख्रा मरे, ८० लाखको क्षति

ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ कुन्तादेवीमा रहेको बाख्रा फर्ममा आगलागी भएको छ । आगलागी हुँदा १२५ खसी बाख्रा जलेर मरेका छन् । कुन्तादेवीमा सञ्जय खत्रीले सञ्चालन गरेको फर्ममा आगलागी हुँदा करिब ८० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । आगलागीबाट फार्म पूर्णरुपमा जलेर नष्ट भएको छ । विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिए...
२०७९ मंसिर २९ गते विहीबारको राशिफल

२०७९ मंसिर २९ गते विहीबारको राशिफल

ई.सं. २०२२ डिसेम्बर १५ नेपाल सम्बत ११४३ थिंलागा सप्तमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष कृष्ण सप्तमी, चन्द्रमा सिंह राशिमा पूर्व नक्षत्र, विषकुम्भ योग, विष्टि करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४६ बजे, सूर्यास्त साँझ ५ः१८ बजे हुनेछ। आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।...
विराट एक्स्पोको तयारी पूरा, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

विराट एक्स्पोको तयारी पूरा, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

विराटनगर । विराटनगरमा बिहिबारदेखि सुरु हुन लागेको विराट एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा हुँने एक्स्पोको बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । पुस ६ गतेसम्म एक्स्पो सञ्चालन हुने आयोजकले जनाएको छ । एक्स्पो विगतभन्दा फरक र भव्य हुने आयोजकको दावी छ । एक्स्पोका संयोजक भोलेश्वर दुलालले विगतको भन्दा फरक तरिकाले एक्स्पो आयोजना...
सांसद शर्माको पहलले सार्थकता पाउँदै: गोठगाउँमा मेडिकल कलेज चलाउँन सरोकारवालाहरु सहमत

सांसद शर्माको पहलले सार्थकता पाउँदै: गोठगाउँमा मेडिकल कलेज चलाउँन सरोकारवालाहरु सहमत

काठमाडौं। मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्न सरोकारवाला निकायका प्रतिनिधिहरु सहमत भएका छन् । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा मंगलबार काठमाडौंमा भएको सरोकारवालाहरुको बैठकले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक तयारी थाल्ने निर्णय गरेको हो । डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको मोडल अनुसार नै गोठगाउँमा पनि मेडिकल कलेज सञ्...
काभ्रेमा बस पल्टिँदा १७ जनाको मृत्यु

काभ्रेमा बस पल्टिँदा १७ जनाको मृत्यु

काठमाडौं । काभ्रेमा आज साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा पल्टिएको हो । घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । नेपाल प्रहरी र...
माघमा धनकुटा महोत्सव हुने

माघमा धनकुटा महोत्सव हुने

धनकुटा । आगामी माघमा धनकुटा महोत्सव गरिने भएको छ । धनकुटा उद्योग वाणिज्य संघको आज बसेको बैठकले माघ ६ देखि १६ गतेसम्म १ नम्बर प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव गर्ने निर्णय गरेको हो । सदैझै यस पटक पनि टुँडिखेलमा महोत्सव आयोजना गरिने उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । महोत्सवलाई भव्य रुपमा सफल बनाउन उद्योग वाणिज्य संघका अध्यक्ष रा...
विराटनगर महानगरले थाल्यो कर उठाउँने अभियान

विराटनगर महानगरले थाल्यो कर उठाउँने अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले स्थानीयस्तरमै पुगेर जनताका समस्या बुझ्ने र कर संकलन गर्ने अभियान थालेको छ । आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कामलाई गति दिन महानगरले अभियान सञ्चालन गरेको हो । महानगरका मेयर नागेश कोइरालाले मंगलबार अभियानको शुभारम्भ गरे । विराटनगर–४ स्थित ढाटबाट मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा अभि...
इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान माग गर्दै खनालले हाले सर्वोच्चमा रिट

इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान माग गर्दै खनालले हाले सर्वोच्चमा रिट

काठमाडौं । इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान गर्न माग गर्दै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । नेकपा एसको तर्फबाट सो क्षेत्रमा उम्मेदवारसमेत रहेका नेता खनाल पुनः मतदान माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् । धाँधली गरेर आफूलाई हराइएको भन्दै खनालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको...
विराट एक्स्पोमा जान निःशुल्क बसको व्यवस्था, होटलमा पनि छुट

विराट एक्स्पोमा जान निःशुल्क बसको व्यवस्था, होटलमा पनि छुट

विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि सञ्चालन हुन लागेको विराट एक्स्पोमा जानका लागि निःशुल्क बसको व्यवस्था मिलाइने भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा पुस ६ गतेसम्म हुने एक्स्पोमा आउनेहरूलाई लक्षित गरी सटल बस (निःशुल्क) सेवा सञ्चालनमा ल्याइने भएको हो । एक्स्पो अवलोकन गर्न आउनेहरूलाई लक्षित गरी सातै दिन अर्थात् एक्स्पोको समयसम्म सटल बसले सेवा दिने आयोजक समितिले जनाएको छ । विराटनगर ...
खोटाङ अस्पतालले एक्सरे बन्द गर्दा बिरामीलाई समस्या

खोटाङ अस्पतालले एक्सरे बन्द गर्दा बिरामीलाई समस्या

खोटाङ । कर्मचारी बिदामा गएको भन्दै जिल्ला अस्पताल खोटाङले एक्सरे सेवा बन्द गर्दा बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफर नै बिदामा गएको भन्दै अस्पतालले एक्सरे सेवा बन्द गरेको हो । एक जना रेडियोग्राफर बुबाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारण बिदा बसेकाले पाँच दिनका लागि एक्सरे सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । अस्पतालले सूचना...
२०७९ मंसिर २७ गते मंगलबारको राशिफल

२०७९ मंसिर २७ गते मंगलबारको राशिफल

ई.सं. २०२२ डिसेम्बर १३ नेपाल सम्बत ११४३ थिंलागा पञ्चमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष कृष्ण पञ्चमी, चन्द्रमा कर्कट राशिमा अश्लेषा नक्षत्र, वैथृति योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४५ बजे, सूर्यास्त साँझ ५ः१० बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुने...
चुनावी बाचा भटाभट पुरा गर्दै सांसद शर्मा: विपन्न विद्यार्थीलाई तीन लाखको सहयोग प्रदान

चुनावी बाचा भटाभट पुरा गर्दै सांसद शर्मा: विपन्न विद्यार्थीलाई तीन लाखको सहयोग प्रदान

विराटनगर । नव निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन् । चुनावका बेला गरेको बाचा पुरा गर्दै डा.शर्माले आफू निर्वाचित भएपछि व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीन वटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् । सांसद शर्माले व्यक्तिगत तवरबा...
त्रिवेणी र निजामतीले जिते उपाधि

त्रिवेणी र निजामतीले जिते उपाधि

धनकुटा । धनकुटामा सञ्चालित विद्यालय स्तरीय फुटबल प्रतियोगितामा प्रावितर्फ त्रिवेणी स्कुल र मावितर्फ निजामती स्कुलले उपाधि जितेका छन् । पहिलो चरणमा भएको प्रावितर्फको खेलमा निजामती आवासीय विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिवेणी माध्यमिक विद्यालयले उपाधि जितेको हो । उपाधिसँगै त्रिवेणीले १० हजार १ सय ११ र उपविजेता निजामतीले ५ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाए । त्यस्तै दोस्रो चरणको खे...
झापाको बुद्धशान्तिमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

झापाको बुद्धशान्तिमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

झापा । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको बुद्धशान्ति गाउँपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय गणेश माध्यमिक विद्यालयसँग सहकार्य गरेर विद्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ६ सय ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय ९२ जनाको भिडियो एक्सरे, १ सय ८९ जनाक...
कांग्रेसका धनकुटा नगर सभापति श्रेष्ठसहित दुई जना पक्राउ

कांग्रेसका धनकुटा नगर सभापति श्रेष्ठसहित दुई जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका–६ पाङसिङका एमाले कार्यकर्ता राजन कार्कीमाथि कुटपिट गरेको आरोपमा कांग्रेसका धनकुटा नगर सभापति नरेश श्रेष्ठसहित दुई जना पक्राउ परेका छन् । ज्यान मार्ने प्रयास गरेर कार्कीमाथि निर्घात कुटपिट गरेको अभियोगमा प्रहरीले नगर सभापति श्रेष्ठसहित नगर सदस्य शिव पुजन शाहलाई पनि पक्राउ गरेको हो । दुवै जनालाई पक्राउ गरी उनीहरूविरुद्ध जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गर...
चुनाव जितेलगत्तै डा.शर्मा उत्रिए ‘एक्सन’मा : अब गोठगाउँमै पूर्णकालीन अस्पताल चलाइने

चुनाव जितेलगत्तै डा.शर्मा उत्रिए ‘एक्सन’मा : अब गोठगाउँमै पूर्णकालीन अस्पताल चलाइने

विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आगामी माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सञ्चालन गरिने भएको छ । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद शर्मासहित विश्वविद्यालयका पदाधिकारीले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् । कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल ...
शिक्षकको चार हजार दरबन्दी थपिदै

शिक्षकको चार हजार दरबन्दी थपिदै

काठमाडौं । करिब ४ हजार शिक्षकका लागि नयाँ दरबन्दी खुलाइने भएको छ । ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी खुलाउने तयारी गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार प्राथमिक तहमा ३ हजार १ सय ८६, निम्न माध्यमिक तहमा ४ सय २३ र माध्यमिक तहमा ३ सय ३२ पद रिक्त छ । देशभर रिक्त रहेका पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो । देशभरका विद्यालय...
विराटनगर–ताप्लेजुङ गरियो परीक्षण उडान

विराटनगर–ताप्लेजुङ गरियो परीक्षण उडान

विराटनगर । नियमित उडान बन्द भएको १४ बर्षपछि बिहीबार विराटनगर–ताप्लेजुङ परीक्षण उडान गरिएको छ । नेपाल वायु सेवा निगमले प्रदेश राजधानी विराटनगर र ताप्लेजुङबीचको परीक्षण उडान गरेको हो । काठमाडौंबाट आएको जहाजले ताप्लेजुङ–विराटनगर–ताप्लेजुङ उडान गरेको छ । परीक्षण उडान गरिएपनि अब नियमित उडानको भने टुंगो लागेको छैन । ताप्लेजुङमा २०३२ सालमा विमानस्थल निर्माण भएको हो । त्यसयता २०६५ सालसम्म विराटनगर–ताप्...
६० किलो गाँजासहित एक युवा पक्राउ

६० किलो गाँजासहित एक युवा पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ स्थित साँगुरीबाट अवैध लागूऔषध गाँजासहित आज एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ का २७ वर्षीय सरोज राई छन् ।  बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ती टोलीले राईलाई पक्राउ गरेको हो । प्रहरीलाई शंका लागेपछि राईले बोकेको बोरा चेकजाँचको गरेको थियो । सोही क्रममा ६० किलोग्राम गाँजा बरामद भएको हो ।  पक्राउ परेका राईको विषयमा थप...
विराटनगरमा अग्नि नियन्त्रण तथा उद्धार तालिम

विराटनगरमा अग्नि नियन्त्रण तथा उद्धार तालिम

विराटनगर । विराटनगरमा नगर प्रहरी र वारुणयन्त्रका कर्मचारीलाई अग्नि नियन्त्रण तथा उद्धार सम्बन्धि तालिम दिइएको छ । विराटनगर महानगरले काठमाडौं महानगरका नगर प्रहरी निरीक्षक एवं वारुणयन्त्र सम्बन्धी विज्ञ किशोर भट्टराईलाई ल्याएर प्रशिक्षण दिन लगाएको हो । ६ दिनसम्म चलेको तालिममा आगो नियन्त्रण र उद्धारका विषयमा जानकारी गराइएको छ । तालिममा महानगर प्रहरी र वारुणयन्त्रका २० जना कर्मचारी सहभागी भएको नगर ...
धनकुटामा कार्यरत दाहाल बने उत्कृष्ट प्रहरी

धनकुटामा कार्यरत दाहाल बने उत्कृष्ट प्रहरी

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी जवान ईश्वरप्रशाद दाहाल उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालयले उदयपुरको गाइघाट घर भएका दाहाललाई कात्तिक महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषणा गरेको हो । दाहालले लगनशील र कर्तव्यनिष्ट भएर उच्च मनोबलका साथ तोकिएको जिम्मेवारी पुरा गरेको संगठनको ठहर छ । त्यस्तै, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खटाइएका म्यादी प्रहरीको ता...
डा.शर्माले पुरा गरे चुनावको बाचा: जितेको भोलिपल्टै छुट्याइदिए ५० शैयाको ‘क्याविन’

डा.शर्माले पुरा गरे चुनावको बाचा: जितेको भोलिपल्टै छुट्याइदिए ५० शैयाको ‘क्याविन’

विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले चुनावमा जनतासँग गरेको बाचा अनरुप आफ्नो चुनावी क्षेत्रका जनताको उपचारका क्रममा निःशुल्क सुविधाका लागि ५० शैयाको क्याबिनको व्यवस्था मिलाइदिएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले आफ्नो चुनावी क्षेत्रका जनताका लागि नोबेल अस्पताल परिसरमा २५ कोठा भएको ५० शैयाको क्याविन निःशुल्क प्रयो...
धनकुटामा कांग्रेस नगर सभापति श्रेष्ठलाई कारबाही माग गर्दै युवा संघले गर्यो प्रदर्शन

धनकुटामा कांग्रेस नगर सभापति श्रेष्ठलाई कारबाही माग गर्दै युवा संघले गर्यो प्रदर्शन

धनकुटा । कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठले एमाले कार्यकर्तामाथि कुटपिट गरेको भन्दै उनलाई कारबाहीको मागसहित एमाले निकट राष्ट्रिय युवा संघले आज जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । प्रहरीले श्रेष्ठविरुद्धको उजुरी लिन नमानी उनकै पक्षमा लागेर पीडितलाई न्याय दिन असहयोग गरेको भन्दै युवा संघले विरोध प्रदर्शन गरेको हो । प्रहरीले उजुरी नलिएर पीडकलाई उन्मुक्ति दिन खोजेको भन्दै य...
नेता श्रेष्ठमाथि झुटो आरोप लगाइएको कांग्रेसको दावी

नेता श्रेष्ठमाथि झुटो आरोप लगाइएको कांग्रेसको दावी

धनकुटा । धनकुटा नगरपालिका–६ पाङसिङका एमाले कार्यकर्ता राजन कार्कीमाथि भएको कुटपिटको घटनामा आफ्ना नेता कार्यकर्ताको नाम जोडेर झुटो आरोप लगाइएको कांग्रेसले दावी गरेको छ । कांग्रेस जिल्ला कार्य समिति धनकुटाले शनिवार प्रेस विज्ञप्ति जारी गदै झुटो आरोप लगाएर कांग्रेस नेता कार्यकर्ताको बदनाम गर्न खोजिएको दावी गरेको हो । एमालेको विजय जुलुसमा सहभागि भएर फर्कने क्रममा गत बिहीबार राती धनकुटा–६ सल्लेरीस्थित...
पूर्वमन्त्री भानुभक्त ढकाललाई २२ हजार मतान्तरले हराउँदै डा.सुनिल शर्मा बिजयी

पूर्वमन्त्री भानुभक्त ढकाललाई २२ हजार मतान्तरले हराउँदै डा.सुनिल शर्मा बिजयी

विराटनगर । मोरङको क्षेत्र नं.३ मा पूर्वमन्त्री एवं एमाले नेता भानुभक्त ढकाललाई भारी मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका नेता डा.सुनिल शर्मा बिजयी भएका छन् । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका ढकाललाई २२ हजार ७ सय ३६ मतान्तरले पराजित गर्दै डा.शर्मा प्रतिनिधि सभा सदस्यमा बिजयी भएका हुन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका कांग्रेस महासमिति सदस्य डा.शर्माले ४८ हजार ६ सय ३१ मत पाएका छन् । उनक...
सुनसरी-२ मा एमाले नेता भीम आचार्य बिजयी

सुनसरी-२ मा एमाले नेता भीम आचार्य बिजयी

सुनसरी । सुनसरी–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता भीम आचार्य बिजयी भएका छन् । कांग्रेसका सीताराम महतोलाई ५ हजार ९ सय ५० मतान्तरले पराजित गर्दै नेता आचार्य बिजयी भएका हुन् । एमालेका आचार्यले ३२ हजार ८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महतोले २६ हजार ५८ मत पाएका छन् ।
धनकुटामा एमाले कार्यकर्तामाथि जङ्गलमा बाटो ढुकेर कुटपिट, कांग्रेस नेताले कुटेको आरोप

धनकुटामा एमाले कार्यकर्तामाथि जङ्गलमा बाटो ढुकेर कुटपिट, कांग्रेस नेताले कुटेको आरोप

धनकुटा । धनकुटामा एमाले कार्यकर्तामाथि निर्घात कुटपिट भएको छ । गएराती करिब ८ बजे धनकुटा नगरपालिका–६ पाङसिङका ३० वर्षीय राजन कार्कीमाथि सल्लेरी बनस्थित आँखा अस्पताल नजिक कुटपिट भएको हो । कुटपिटबाट कार्कीको देब्रे आँखा माथि गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि निलडाम छ । कुटपिटबाट घाइते कार्कीलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि शुक्रबार दिउँसो व...
धनकुटामा एमालेले गर्यो ‘क्लीन स्वीप’

धनकुटामा एमालेले गर्यो ‘क्लीन स्वीप’

धनकुटा । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेले धनकुटामा ‘क्लीन स्वीप’ गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका सबै सिट जित्दै एमालेले ‘क्लीन स्वीप’ गरेको हो । धनकुटामा प्रतिनिधि सभाको एक र प्रदेश सभाको दुई क्षेत्र छन् । यी तीन वटै क्षेत्रमा एमालेले विजय हासिल गरेको छ । २०७४ को निर्वाचनमा पनि ‘क्लीन स्वीप’ गरेको एमालेले पुनः यस पटक पनि जिल्लामा शानदार जित निकाल्न सफल भएको हो । अघिल्लो निर्...
धनकुटा क्षेत्र नं.१ मा ६ हजार ७ सय मतान्तरसहित एमालेका निरन राई निर्वाचित

धनकुटा क्षेत्र नं.१ मा ६ हजार ७ सय मतान्तरसहित एमालेका निरन राई निर्वाचित

धनकुटा । प्रदेश सभा धनकुटा क्षेत्र नं.१ बाट नेकपा एमालेका उम्मेद्वार निरन राई निर्वाचित भएका छन् । एमाले धनकुटाका सचिवसमेत रहेका राई ६ हजार ७ सय ९२ मतान्तरसहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार १८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अर्जुन राईले १० हजार २ सय २६ मत पाएका छन् । जनता समाजवादीका रकम चेम्जोङल...
धनकुटाबाट एमालेका राजेन्द्र राई बिजयी

धनकुटाबाट एमालेका राजेन्द्र राई बिजयी

धनकुटा । धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार राजेन्द्र राई बिजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार सुनिल बहादुर थापालाई १ हजार ३ सय ९७ मतान्तरले पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा बिजयी भएका हुन् । सार्वजनिक मत परिणाम अनुसार एमाले केन्द्रिय सदस्यसमेत रहेका राईले ३० हजार १ सय १ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेद्वार थापाले ...
३४ हजार मतान्तरसहित रबि लामिछाने बिजयी

३४ हजार मतान्तरसहित रबि लामिछाने बिजयी

चितवन । चितवन क्षेत्र नं.२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित बिजयी भएका छन् । नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गर्दै लामिछाने प्रतिनिधि सभा सदस्यमा बिजयी भएका हुन् । उनले ४९ हजार २ सय ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत ल्याएक...
error: Content is protected !!