- संगालोखबर सम्वाददाता

काठमाडौं । काभ्रेमा आज साँझ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा पल्टिएको हो ।

घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ ।

नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेर घाइतेको उद्धारको काम भइरहेको छ । थप विवरण आउँन बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!