- संगालोखबर सम्वाददाता

खोटाङ । कर्मचारी बिदामा गएको भन्दै जिल्ला अस्पताल खोटाङले एक्सरे सेवा बन्द गर्दा बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफर नै बिदामा गएको भन्दै अस्पतालले एक्सरे सेवा बन्द गरेको हो ।

एक जना रेडियोग्राफर बुबाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारण बिदा बसेकाले पाँच दिनका लागि एक्सरे सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले सूचना जारी गरेर आइतबारदेखि आगामी बिहीबारसम्मका लागि एक्सरे सेवा बन्द गरेको हो । जिल्ला अस्पतालमा दैनिक करिब ६० जना विरामीको एक्सरे गरिदै आएको थियो ।

जिल्लाको एकमात्र सरकारी अस्पतालको एक्सरे सेवा बन्द भएपछि अहिले बिरामीहरूलाई अन्यत्र जानुपर्ने वाध्यता भएको छ । अन्य निजी अस्पतालले महँगो शुल्क लिने हुँदा थप समस्या भएको बिरामीहरू बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!