धनकुटा क्षेत्र नं.२ मा ४५ सय मतान्तरसहित एमालेका इन्द्रमणी पराजुली निर्वाचित

धनकुटा क्षेत्र नं.२ मा ४५ सय मतान्तरसहित एमालेका इन्द्रमणी पराजुली निर्वाचित

धनकुटा । प्रदेश सभा धनकुटा क्षेत्र नं.२ बाट नेकपा एमालेका उम्मेद्वार इन्द्रमणी पराजुली निर्वाचित भएका छन् । एमाले धनकुटाका अध्यक्षसमेत रहेका पराजुली ४ हजार ५ सय ६७ मतान्तरसहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । पराजुलीले १५ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठले ११ हजार २ सय ३० मत ल्याएकी छन् । पराजुल...
दोब्बर बढी मतान्तरसहित केपी ओली बिजयी

दोब्बर बढी मतान्तरसहित केपी ओली बिजयी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोब्बर भन्दा बढी मतान्तरसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । झापा क्षेत्र नं.५ बाट उम्मेद्वार बनेका ओलीले गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७४ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बुधबार साँझ सार्वजनिक अन्तिम मत परिणाम अनुसार ओलीले ५२ हजार ३ सय १५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी का...
झापा–१ बाट विश्वप्रकाश शर्मा बिजयी

झापा–१ बाट विश्वप्रकाश शर्मा बिजयी

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । झापा–१ मा नेकपा एमालेका अग्नि खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा निर्वाचित भएका हुन् । आज साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले उम्मेद्वार खरेलले २५ हजार ३४९ मत ल्याएका छन् । यो समाचार तयार पार्दासम्म देशभर कांग्रेसले...
स्वास्थ्य र शिक्षा क्षेत्रमा नेपालकै सबैभन्दा बढी आयकर तिर्ने नोबेललाई सरकारले गर्यो सम्मान

स्वास्थ्य र शिक्षा क्षेत्रमा नेपालकै सबैभन्दा बढी आयकर तिर्ने नोबेललाई सरकारले गर्यो सम्मान

काठमाडौँ । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये नेपालमै सबैभन्दा बढी आयकर तिरेर यो बर्ष पनि विराटनगरस्थित नोबेल मेडिकल कलेज सम्मानित भएको छ । डा.सुनिल शर्माद्वारा सञ्चालित नोबेलले लगातार तिन बर्ष सर्वाधिक आयकर तिरेर तेस्रो पटक यो सम्मान पाएको हो । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व बिभागले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा आर्थिक बर्ष २०७७/७८ मा सर्वाधिक आयकर तिरे बापत नोबेलला...
नोबेलले मनायो दीर्घ दम रोग दिवस

नोबेलले मनायो दीर्घ दम रोग दिवस

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विश्व दीर्घ दम रोग दिवस मनाएको छ । नोबेलको छाती तथा फोक्सो विभागले बजारमा प्रभातफेरी गरेर दीर्घ दम रोग दिवस मनाएको हो । नोबेल अस्पतालबाट सुरु भएको जुलुस कञ्चनबारी, एयरपोर्टमोड हुँदै पुनः नोबेल अस्पतालमै आइपुगेको थियो । जुलुसमा नोबेल अस्पतालका डाक्टर, कर्मचारी, विद्यार्थी लगायत सहभागि थिए । नेपालमा दीर्घ दम रोगलाई मृत्युको प्रमुख कारण मानिन्छ । दम...
धनकुटामा यसरी भइरहेको छ मतगणना (फोटो फिचर)

धनकुटामा यसरी भइरहेको छ मतगणना (फोटो फिचर)

धनकुटा । धनकुटामा मतगणना सुरु भएको छ । दिउँसो १ बजेबाट मत गन्न थाल्ने भनिएपनि २ः५० बजेबाट मात्र मतगणना सुरु भएको हो । सुरुवातमा महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकाको मत गन्न थालिएको छ । हरेक एक/एक वडाको मत गनिसकेपछि नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संगालोखबरले मतगणनाको नियमित अपडेट दिनेछ । हेर्नुहोस् मतगणनाका तस्वीर...
धनकुटामा सुरु भयो मतगणना

धनकुटामा सुरु भयो मतगणना

धनकुटा । धनकुटामा मतगणना सुरु भएको छ । दिउँसो १ बजेबाट मत गन्न थाल्ने भनिएपनि २ः५० बजेबाट मात्र मतगणना सुरु भएको हो । सुरुवातमा महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकाको मत गन्न थालिएको छ । हरेक एक/एक वडाको मत गनिसकेपछि नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संगालोखबरले मतगणनाको नियमित अपडेट दिनेछ । धनकुटामा यसरी भइरहेको छ मतगणना (फोटो फिचर)
धनकुटाको बेलहारामा शंकास्पद बस्तु भेटियो, सेनाको बम डिस्पोजल टोली जाँदै

धनकुटाको बेलहारामा शंकास्पद बस्तु भेटियो, सेनाको बम डिस्पोजल टोली जाँदै

धनकुटा । धनकुटा नगरपालिका–९ बेलहारामा शंकास्पद बस्तु फेला परेको छ । बेलहारा प्रहरी चौकीबाट करिब डेढ किलोमिटर उत्तरमा बम जस्तो देखिने बस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । शंकास्पद बस्तु भेटिएपछि अहिले सो स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पठाइएको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए । ‘डल्लो बस्तुमा तार बेरिएको देखिएको छ, नजिकै एउटा बोरा पनि छ,’ एसपी अ...
धनकुटामा दिउँसो १ बजेबाट मतगणना थालिने

धनकुटामा दिउँसो १ बजेबाट मतगणना थालिने

धनकुटा । धनकुटामा आज दिउँसो १ बजेबाट मतगणना सुरु हुँने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने समय निर्धारण गरेको हो । सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना थाल्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी दिवेश श्रेष्ठले जानकारी दिए । धनकुटा सदरमुकामको सामुदायिक भवनमा मतगणना हुनेछ । जिल्लाभरका १६४ वटै मतदान केन्द्रबाट मतपेटिका सामुदायिक भवनमा ल्याइएको छ । सब...
धनकुटामा ५९ प्रतिशत मात्र खस्यो मत, ४७ हजारले गरेनन् मतदान

धनकुटामा ५९ प्रतिशत मात्र खस्यो मत, ४७ हजारले गरेनन् मतदान

धनकुटा । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आज भएको मतदानमा धनकुटामा ५९ प्रतिशत मात्र मत खसेको छ । १ लाख १६ हजार ९ सय ९१ मतदाता रहेको जिल्लामा ६९ हजार ४ सय ९६ जनाले मतदान गरेका हुन् । कुल मतदाता सङ्ख्याको आधारमा ५९ दशमलव ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज प्रधानले बताए । ‘यो प्रारम्भिक डाटा हो, अहिले डाटा कलेक्सन र भेरिफाइ गर्ने काम भइरहेको छ,’ प्रधानले संगालोख...
तेह्रथुममा भोट हाल्न गएका बृद्धको मतदान केन्द्रमै मृत्यु

तेह्रथुममा भोट हाल्न गएका बृद्धको मतदान केन्द्रमै मृत्यु

तेह्रथुम । तेह्रथुममा मतदान गर्न गएका एक बृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ । लालिगुराँस नगरपालिका ८ सोल्मास्थित रत्न माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा भोट हाल्न पुगेका स्थानीय ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको हो । उनी मतदान केन्द्रको गेटमै बेहोस भएर लडेका थिए । उनको मृत्युको कारण खुलेको छैन । उनी उक्त रक्तचापका बिरामीसमेत रहेको बताइएको छ ।
धनकुटाका मुख्य प्रतिस्पर्धी राजेन्द्र, सुनिल र हेमराजले हाले भोट

धनकुटाका मुख्य प्रतिस्पर्धी राजेन्द्र, सुनिल र हेमराजले हाले भोट

धनकुटा । धनकुटाबाट प्रतिनिधि सभा सदस्यका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूले मतदान गरेका छन् । नेकपा एमालेका उम्मेद्वार राजेन्द्र राई, गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार सुनिल बहादुर थापा र स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले आज बिहान मतदान सुरु भएलगत्तै मत खसालेका हुन् । एमाले उम्मेद्वार राई र कांग्रेस उम्मेद्वार थापाले पाख्रीवासबाट मतदान गरेका छन् भने स्वतन्त्र उम्मेद्वार भण्डारीले चौविस...
आज प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन, देशभर सुरु भयो मतदान

आज प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन, देशभर सुरु भयो मतदान

धनकुटा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभर मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । ७७ वटै जिल्लामा गरी कुल एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । मतदानका लागि १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकिएको छ । मतदानमा सहजिकरणका लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटाइएको छ । निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर...
धनकुटामा वडाध्यक्षको सरकारी मोटरसाइकल नियन्त्रणमा, गठबन्धनले पैसा बाँढ्न प्रयोग गरेको आरोप

धनकुटामा वडाध्यक्षको सरकारी मोटरसाइकल नियन्त्रणमा, गठबन्धनले पैसा बाँढ्न प्रयोग गरेको आरोप

धनकुटा । निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको आरोपमा धनकुटाको महालक्ष्मी नगरपालिका–७ का वडाध्यक्ष नेत्र अधिकारीको सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ सम्बद्ध युवाहरूले आज राती करिब ८ बजे महालक्ष्मी–७ जितपुरस्थित धन्धार्ने टोल नजिकबाट मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । आचारसंहिता विपरित मतदाता प्रभावित पार्ने काममा प्रयोग गरेको आ...
झापामा हात्ती मृत भेटियो

झापामा हात्ती मृत भेटियो

झापा । झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धान खेतमा वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको हो । मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाअध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए । उनका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन । डिभिजन वन कार्यालयको टोली आ...
आज रातिदेखि स्थिर समय सुरु हुँदै

आज रातिदेखि स्थिर समय सुरु हुँदै

विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुँदैछ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि यो समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई स्थिर समय भनेको छ । यो अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुँदासम्म कायम रहन्छ । यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर...
२०७९ मंसिर १ गते बिहीबारको राशिफल

२०७९ मंसिर १ गते बिहीबारको राशिफल

ई.सं. २०२२ नोवेम्बर १७ नेपाल सम्बत ११४२ कछलाथ्व पुन्हि, नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष चतुर्दशी तिथी, पुर्णिमा सिंह राशिफल मघा नक्षत्र, एन्द्र योग,कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः२५ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप...
भोजपुरमा चुनावी सभा नजिक बम बिस्फोट

भोजपुरमा चुनावी सभा नजिक बम बिस्फोट

भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आज दिउँसो सत्ता गठबन्धनको चुनावी सभा नजिक बम विस्फोट भएको छ । बिस्फोटमा परी एक जना घाइते भएका छन् । विस्फोटमा अरुण गाउँपालिका–४, चरम्वीका सुमन श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस प्रवक्ता रामशरण महत लगायत नेताहरु आउने कार्यक्रम छ । मो...
घरमा आगलागी हुँदा जलेर २५ वर्षीया युवतीको मृत्यु

घरमा आगलागी हुँदा जलेर २५ वर्षीया युवतीको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ स्थित राइटोल नजिकै आज आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया अस्मिता केसी छिन् । आज बिहान स्थानीय आत्मराम केसी र हरिशरण केसीको ३ तले कच्ची घरमा आगलागी भएको थियो । अस्मिता आत्मरामकी छोरी हुन् । सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आगलागी हुँदा घरभ...
भोट हाल्न जाँदा मोबाइल, क्यामेरा लगे जफत गरिने

भोट हाल्न जाँदा मोबाइल, क्यामेरा लगे जफत गरिने

विराटनगर । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका दिन भोट दिन जाँदा मोबाइल, सलाई, लाइटर, क्यामेरा लगायत सामाग्री लैजान नपाइने भएको छ । मतदान केन्द्रभित्र मोबाइल लगायत सामग्री साथै लिएर जान नपाइने निर्वाचन आयोगले जनाएको हो । आयोगले मतदाताहरूलाई मोबाइल लगायत सामग्री लिएर मतदान केन्द्रमा नआउन सूचित गरेको छ । मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा ...
बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान-श्रीमतीको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान-श्रीमतीको मृत्यु

झापा । झापामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा आज श्रीमान–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ का नरेन्द्र मैनाली र पछाडि सवार उनकी श्रीमती सीतादेवी मैनाली छन् । आज दिउँसो कन्काई नगरपालिका–७ स्थित दुर्गापुरमा को १ ख ६७९४ नम्बरको बसले मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका उनीहरुलाई अस्पताल लगिए पनि चिकित्सकले...
चुनाव विरोधी गतिविधि गरेको आरोपमा ७ जना पक्राउ

चुनाव विरोधी गतिविधि गरेको आरोपमा ७ जना पक्राउ

जनकपुरधाम । महोत्तरीको बलवा–७ स्थित बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादव लगायतका ६ जना र गाडी चालकलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट चुनाव विरोधी पर्चा तथा म...
मतदानस्थल रहेका विद्यालयमा चार दिन सार्वजनिक बिदा

मतदानस्थल रहेका विद्यालयमा चार दिन सार्वजनिक बिदा

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानस्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिइने भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गर्दै मतदानस्थल रहेका विद्यालयहरू चार दिन बिदा दिने निर्णय भएको जनाएका छन् । अन्य क्षेत्रमा भने चुनावका लागि २ दिन बिदा दिइने गृह मन्त्रालयले जनाएको छ । सार्वजनिक तथा सरकारी कार्...
विराटनगर महानगरको प्रतीक चिन्ह बनाउनेलाई एक लाख पुरस्कार

विराटनगर महानगरको प्रतीक चिन्ह बनाउनेलाई एक लाख पुरस्कार

विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई एक लाख पुरस्कार दिने भएको छ । महानगरले आफ्नै प्रतीक चिन्ह प्रयोगमा ल्याउन लागेको हो । महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ । इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् । मंसिर १८ गतेसम्म प्र...
२०७९ कात्तिक २९ गते मंगलबारको राशिफल

२०७९ कात्तिक २९ गते मंगलबारको राशिफल

ई.सं. २०२२ नोवेम्बर १५ नेपाल सम्बत ११४२ कछलाथ्व पुन्हि, नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्तिक शुक्ल पक्ष चतुर्दशी तिथी, पुर्णिमा कर्कट राशिफल पुष्य नक्षत्र, शुक्ल योग,भाद्र करण । नेपालमा सूर्र्याेदय बिहान ६ः२४ बजे, सूर्यास्त साँझ ५ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ...
उर्लाबारीमा पाहुना आएका मामालाई दाउले हानेर भान्जाले गरे हत्या

उर्लाबारीमा पाहुना आएका मामालाई दाउले हानेर भान्जाले गरे हत्या

मोरङ । मोरङको उर्लाबारीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । पथरी शनिश्चरे नगरपालिका–१ का ४२ वर्षीय काजी मोहरालाई उर्लाबारी नगरपालिका–८ का २२ वर्षीय सुजन पाचकोटीले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । घरमा पाहुना आएका मोहरालाई आइतबार साँझ करिव साढे ११ बजे घरायसी विवादका क्रममा उनका भान्जा सुजनले टाउकोमा दाउ प्रहार गरेका थिए । दाउ प्रहारबाट घाइते भएका मोहरालाई उपचारका लागि म...
२०७९ कात्तिक २८ गते सोमबारको राशिफल

२०७९ कात्तिक २८ गते सोमबारको राशिफल

ई.सं.२०२२ नोवेम्बर १४ नेपाल सम्बत ११४२ कछलाथ्व पुन्हि, नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु, कात्तिक शुक्ल पक्ष चतुर्दशी तिथी, पुर्णिमा कर्कट राशिफल पुनर्वसु नक्षत्र, शुभ योग,गर करण । नेपालमा सूर्र्याेदय बिहान ६ः२३ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफनो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा ग...
धनकुटाको सहिदभूमिमा तीन दिन सार्वजनिक बिदा

धनकुटाको सहिदभूमिमा तीन दिन सार्वजनिक बिदा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आइतबार (आज) देखि तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले राई जातिको पापानी पर्वको अवसरमा दुई  दिन र सहिद स्मृति दिवसको अवसरमा एक दिन स्थानीय सार्वजनिक विदा दिएको हो । कात्तिक २२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो । सहिदभूमिमा राई जातिको बाहुल्यता छ । त्यहाँ बसोबास गर्ने राई जातिले विशेष पर्वको रुपमा पापानी मनाउँने गर्छन् ।...
झापाबाट ब्राउन सुगरसहित एक युवा पक्राउ

झापाबाट ब्राउन सुगरसहित एक युवा पक्राउ

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–१ घर भई बुद्धशान्ति–३ मा बस्दै आएका ३१ वर्षीय मोहमद हुसेन छन् । गएराती करिव ९ बजे लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र बुधबारेबाट खटिएको प्रहरी टोलीले हुसेनलाई पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्दा हुसेनको साथबाट १०२ ग...
अटो दुर्घटना हुँदा हजुरबुवा र नातिको मृत्यु

अटो दुर्घटना हुँदा हजुरबुवा र नातिको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ दोखु ढुङगेस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । शनिवार खोक्सेबाट सुकेटारतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००३ ह ३९०० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिव १५० मिटर तल भीरमा खसेको थियो । दुर्घटना हुँदा अटोमा सवार पाथिभरा याङबरक गाउँपालिका–१ का ७५ वर्षीय धन बहादुर गुरुङ र फुङलिङ–८ बस्ने उनका नाति ११ व...
२०७९ कात्तिक २७ गते आइतबारको राशिफल

२०७९ कात्तिक २७ गते आइतबारको राशिफल

ई.सं.२०२२ नोवेम्बर १३ नेपाल सम्बत ११४२ कछलाथ्व पुन्हि ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्तिक शुक्ल पक्ष चतुर्दशी तिथी, पुर्णिमा मिथुन राशिफल आद्र्रा नक्षत्र, साध्य योग,कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः२२ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ राएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्र...
error: Content is protected !!