- संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको क्षेत्र नं.३ मा पूर्वमन्त्री एवं एमाले नेता भानुभक्त ढकाललाई भारी मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका नेता डा.सुनिल शर्मा बिजयी भएका छन् । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका ढकाललाई २२ हजार ७ सय ३६ मतान्तरले पराजित गर्दै डा.शर्मा प्रतिनिधि सभा सदस्यमा बिजयी भएका हुन् ।

गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका कांग्रेस महासमिति सदस्य डा.शर्माले ४८ हजार ६ सय ३१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ढकालले २५ हजार ८ सय ९५ मत ल्याएका छन् । राप्रपाबाट उम्मेद्वार बनेकी नायिक रेखा थापाले १० हजार ९ सय ९८ मत ल्याउँदै तेस्रो स्थानमा आइपुगेकी छन् । शर्मा, ढकाल र थापाबीच त्रिपक्षीय कडा प्रतिष्पर्धा हुने धेरैले आकलन गरेका थिए । तर, डा.शर्माले ढकाल र थापालाई फराकिलो मतान्तरले उछिन्दै विजय हासिल गरेका हुन् ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्मा र नेता ढकालबीच यो दोस्रो चुनावी भिडन्त हो । उनीहरु २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि प्रतिष्पर्धी थिए । त्यतिबेला ढकालले १ हजार ९ सय ७ मतान्तरले डा.शर्मालाई पराजित गरेका थिए । ढकालले ४२ हजार ४ सय १३ मत ल्याउँदा डा.शर्माले ४० हजार ५ सय ६ मत पाएका थिए । चुनाव हारेर पनि निरन्तर जनताको सेवामा खटिएका डा.शर्माले पाँच वर्षपछि नतिजा उल्ट्याउँदै फराकिलो मतान्तरसहित विजय हासिल गर्न सफल भएका हुन् ।

को हुन् डा.सुनिल शर्मा, हेर्नुहोस् भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!