काकीको हत्या आरोपमा भतिज पक्राउ

काकीको हत्या आरोपमा भतिज पक्राउ

जनकपुरधाम । धनुषामा काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेह नगरपालिका–७ वेलापट्टिका २० वर्षीय दिलीपकुमार साह छन् । सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपको संलग्नता रहेको खुलेपछि मङ्गलबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले ...
२०७९ पुष १३ गते बुधबारको राशिफल

२०७९ पुष १३ गते बुधबारको राशिफल

ई.सं. २०२२ डिसेम्बर २८ नेपाल सम्बत ११४३ पोहेलाथ्व षष्ठी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष शुक्ल षष्ठी, चन्द्रमा कुम्भ राशिम शतभिषा नक्षत्र, सिद्धि योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५३ बजे, सूर्यास्त साँझ ५ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फ...
प्रदेश १ माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

प्रदेश १ माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

विराटनगर । प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेता चयन गरिएको छ । संसदीय दलको नेतामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो चयन भएका हुन् । मंगलबार बसेको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । आङ्बो पाँचथर १ (ख) बाट निर्वाचित भएका हुन् । प्रदेशसभामा माओवादी केन्द्रको १३ सिट रहेको छ ।
प्रदेश १ प्रदेश सभाको प्रथम अधिवेशन आह्वान

प्रदेश १ प्रदेश सभाको प्रथम अधिवेशन आह्वान

विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गरेका छन् ।प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको हो । प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आह्वान गरेका हुन् ।
प्रदेश १ : नेपाली कांग्रेस संसदीय दलको नेता छान्न पुस १५ मा निर्वाचन

प्रदेश १ : नेपाली कांग्रेस संसदीय दलको नेता छान्न पुस १५ मा निर्वाचन

विराटनगर । प्रदेश नम्बर १ मा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि पुस १५ गते मतदान हुने भएको छ । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । पुस १४ गते बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । पुस १४ गते १२ः३० देखि १ः३० सम्म उम्मेदवारी दर्ता गरिने र सोही दिन अपरान्ह ४ बजेसम्म उम्मेद्वारक...
अस्पतालको शौचालयमा बच्चा जन्माएर आमा फरार

अस्पतालको शौचालयमा बच्चा जन्माएर आमा फरार

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक महिला बच्चा जन्माएर फरार भएकी छिन् । अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी गर्भवती महिला छोरालाई जन्म दिएपछि फरार भएकी हुन् । उनले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालले जनाएको छ । अहिले शिशुलाई अस्पताल परिसरमै रहेको एकद्धार सङ्कट व्यवस्थापन केन्द्रमा राखिएको छ । शिशुको अवस्था सामान्य छ । अस्पतालमा भर्ना हुँदा ती म...
खोटाङमा मृतकको नाममा भत्ता वितरण गर्ने ३ जना वडा सचिवविरुद्ध मुद्दा

खोटाङमा मृतकको नाममा भत्ता वितरण गर्ने ३ जना वडा सचिवविरुद्ध मुद्दा

खोटाङ। मृत्यु भइसकेका मानिसको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपमा तीन जना वडा सचिवविरुद्ध मुद्दा दायर गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन वडा सचिवहरुविरुद्ध मुद्दा दायर गरिएको हो । वडा नम्बर–४ का तत्कालीन वडा सचिव मोहन प्रसाद आचार्यसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सोमबार आयोगले तत्कालीन वडा सचिवहरू ...
२०७९ पुष १२ गते मंगलबारको राशिफल

२०७९ पुष १२ गते मंगलबारको राशिफल

ई.सं. २०२२ डिसेम्बर २७ नेपाल सम्बत ११४३ पोहेलाथ्व पञ्चमी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष शुक्ल चतुर्थी, चन्द्रमा कुम्भ राशिम धनिष्ठा नक्षत्र, वज्र योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५३ बजे, सूर्यास्त साँझ ५ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ...
धनकुटाका राजेन्द्र राईले लिए मन्त्रीको सपथ

धनकुटाका राजेन्द्र राईले लिए मन्त्रीको सपथ

धनकुटा । नवनियुक्त मन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सपथ ग्रहणपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधान र राईसहित चार मन्त्रीलाई सपथ ग्रहण गराएकी हुन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सपथ ग्रहण गरेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भ...
पौडेल, श्रेष्ठ र लामिछानेले लिए उपप्रधानमन्त्रीको सपथ

पौडेल, श्रेष्ठ र लामिछानेले लिए उपप्रधानमन्त्रीको सपथ

विराटनगर । नवनियुक्त तीन जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् । पौडेल उपप्रधानसहित अर्थ, लामिछानेले उपप्रधानसहित गृह र श्रेष्ठले उपप्रधानसहि...
प्रधानमन्त्री दाहालद्वारा सपथ ग्रहण

प्रधानमन्त्री दाहालद्वारा सपथ ग्रहण

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार अपरान्ह्र शीतल निवासमा उनले सपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् । सोमबार नै उप–प्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।
धनकुटाका राजेन्द्र राई मन्त्री बन्दै

धनकुटाका राजेन्द्र राई मन्त्री बन्दै

काठमाडौं । धनकुटाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र राई मन्त्री बन्ने भएका छन् । नेकपा एमालेले मन्त्रीका लागि राईसहित चार जनाको नाम पठाउँने तयारी गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने छ । पौडेलले उपप्रधान र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । मन्त्रीका लागि एमालेले राईसहित दामोदर भण्डारी र ज्वाला साहको नाम पनि पठाउँन...
प्रदेश १ का नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

प्रदेश १ का नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

विराटनगर । प्रदेश नम्बर १ प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार दिउँसो प्रदेश सभामा सांसदहरूले शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई जेष्ठ सदस्य नेपाली कांग्रेसका गयानन्द मण्डलले शपथ ग्रहण गराएका हुन् । ७९ वर्षका मण्डललाई सोमबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए । प्रदेश १ मा नेकपा एमालेका ४० जना, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका...
१५ करोडको कारोबार गर्दै सकियो विराट एक्स्पो

१५ करोडको कारोबार गर्दै सकियो विराट एक्स्पो

विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो आइतबार सकिएको छ । ११ दिनसम्म सञ्चालन भएको एक्स्पोमा १५ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले दावी गरेको छ । तीन लाख भन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेको र एक्स्पो अवधिभर १५ करोड बराबरको कारोबार भएको प्रचारप्रसार समिति संयोजक नन्दकिशोर राठीले बताए । आर्थिक एवं औद्योगिक विकास प्रवर्द्धन गरी आर्थिक गतिवि...
२०७९ पुष ११ गते सोमबारको राशिफल

२०७९ पुष ११ गते सोमबारको राशिफल

ई.सं.२०२२ डिसेम्बर २६ नेपाल सम्बत ११४३ पोहेलाथ्व चतुर्थी, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु, पुष शुक्ल तृतिया, चन्द्रमा मकर राशिम श्रवण नक्षत्र, हर्षण योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५२ बजे, सूर्यास्त साँझ ५ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल...
तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड

तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार साँझ दाहाललाई मुलुकको ४४ औं प्रधानमन्त्रीका रुपमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले दाहाललाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेकपा एमाल...
एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने

एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने

काठमाडौँ । नेकपा एमालेसहितका दलहरुको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा भएको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउँने सहमति गरेको हो । दाहाललाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपासहितका दलले समर्थन गर्ने भएका छन् । १६६ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउँने सहमति जुटेको ब...
राष्ट्रिय राजनीतिले नयाँ मोड लिदैं, सरकार बनाउँन प्रचण्ड–रविसहितको बैठक ओली निवासमा

राष्ट्रिय राजनीतिले नयाँ मोड लिदैं, सरकार बनाउँन प्रचण्ड–रविसहितको बैठक ओली निवासमा

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद दावी गरेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रसहितका चार दलको बैठक अहिले एमालेका अध्यक्ष केपी ओली निवास वालकोटमा जारी छ । बैठकमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतक...
विराटनगरबाट गाँजासहित एक युवा पक्राउ

विराटनगरबाट गाँजासहित एक युवा पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित एयरपोर्ट नहरबाट लागुऔषध गाँजासहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–११ का गोरे भनिने २८ वर्षीय अस्पन राई छन् । राईले को ३८ प ७९५१ नम्बरको स्कुटरमा ल्याँदै गरेको ५ केजी गाँजा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । पक्राउ परेका राईको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शीतलहर र हिमपातबाट जोखिन मन्त्रालयको आग्रह

शीतलहर र हिमपातबाट जोखिन मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिए । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज चार दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग...
२०७९ पुष १० गते आइतबारको राशिफल

२०७९ पुष १० गते आइतबारको राशिफल

ई.सं. २०२२ डिसेम्बर २५ नेपाल सम्बत ११४३ पोहेलाथ्व व्दितीया, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष शुक्ल व्दितीया, चन्द्रमा मकर राशिमा उत्तरषाढा नक्षत्र, व्याघात योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५२ बजे, सूर्यास्त साँझ ५ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त ...
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै संकायका डिन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरी त्रिवि अगाडि बढेको बताए । ‘हामीले त्रिवि पदाधिकारी, नौ वटै संकायका डिन र परीक्षा निय...
गठबन्धन टुटेमा कांग्रेससँग मिलेर पनि सरकार बनाउँन सक्छौँ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

गठबन्धन टुटेमा कांग्रेससँग मिलेर पनि सरकार बनाउँन सक्छौँ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

धनकुटा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धन टुटेमा कांग्रेससँग मिलेर पनि सरकार बनाउँन सकिने संकेत गरेका छन् । प्रेस चौतारी धनकुटाले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । अहिलेको गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने उनको भनाई छ । तर, गठबन्धन छोडेर कांग्रेसले एमालेलाई सरकार बनाउँन प्रस्ताव गर...
करणलाई ‘द भ्वाइस अफ नेपाल’ को उपाधि

करणलाई ‘द भ्वाइस अफ नेपाल’ को उपाधि

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन-४ को उपाधि करण राईले जितेका छन् । शुक्रबार राती भएको ग्राण्ड फिनालेमा राईलाई बिजेता घोषित गरिएको हो । उनले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप र टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शकको भोटका आधारमा विजेता घोषित गरिएको जनाइएको छ । विजेता बनेका करणल...
२०७९ पुष ९ गते शनिबारको राशिफल

२०७९ पुष ९ गते शनिबारको राशिफल

ई.सं. २०२२ डिसेम्बर २४ नेपाल सम्बत ११४३ पोहेलाथ्व पारु, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष शुक्ल प्रतिपदा, चन्द्रमा धनु राशिमा पूर्वाषाढा नक्षत्र, वृद्धि योग, बव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५१ बजे, सूर्यास्त साँझ ५ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुख्मा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्...
एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल धनकुटामा

एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल धनकुटामा

धनकुटा । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल धनकुटा आइपुगेका छन् । पूर्व उपप्रधान एवं रक्षा मन्त्रीसमेत रहेका पोखरेल शुक्रबार साँझ धनकुटा आइपुगेका हुन् । सहिदभूमि गाउँपालिकामा शनिवार आयोजना गरिएको छिन्ताङ्ग हत्याकाण्डका सहिद परिवारसहित बिभिन्न व्यक्तिलाई सम्मान गर्ने कार्यक्रमका लागि नेता पोखरेल धनकुटा आएका हुन् । नेता पोखरेललाई एमाले नेताहरूले स्वागत गरेका छन् । नेपाल उत्पीडित जातीय म...
धरानमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

धरानमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–९ स्थित भित्री सडक खण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१९ का ४३ वर्षीय विरेन्द्र लिम्बु छन् । बिहिबार दिउँसो ३ बजे को ३२ प ८२३७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा लिम्बु घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृ...
उदयपुरमा करेन्ट लाग्दा श्रीमतीको मृत्यु, श्रीमान घाइते

उदयपुरमा करेन्ट लाग्दा श्रीमतीको मृत्यु, श्रीमान घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थित ज्यामिटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ बर्षीया पार्वती बिश्वकर्मा छिन् । आफ्नै बारीमा कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । करेन्ट लागेको अवस्थामा श्रीमतीलाई बचाउन खोज्दा उनका श्रीमान रुपेश घाइते भएका ...
१९ वर्षपछि छुटे चार्ल्स शोभराज, अध्यागमन विभागको जिम्मा लगाइयो

१९ वर्षपछि छुटे चार्ल्स शोभराज, अध्यागमन विभागको जिम्मा लगाइयो

काठमाडौं । फ्रान्सेली सिरियल किलर चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शोभराज शुक्रबार जेलमुक्त भएका हुन् । १९ वर्षदेखि कैद सजाय काटिरहेका शोभराजलाई बुधबार छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त ...
सुनसरीमा मृत भेटियो हात्ती

सुनसरीमा मृत भेटियो हात्ती

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र आज एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । करिव ३०–४० वर्षको देखिने मत्ता हात्ती बिहान ६ बजे मृत अवस्थामा फेला परेको हो । हात्ती दुर्गन्धित अवस्थामा फेला परेकाले तीन दिन अघि मरेको हुन सक्ने अनुमान गरिएको छ । हात्तीका दुईवटा दाह्रा छन् । हात्तीका कानमा तीनवटा प्वाल र ट्याग पनि देखिन्छ । हात्ती भारतबाट आएको हो अथव...
सांसद शर्माले भागवत गीता छोएर खाए भ्रष्टाचार नगर्ने सपथ

सांसद शर्माले भागवत गीता छोएर खाए भ्रष्टाचार नगर्ने सपथ

काठमाडौं । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आज संसद् भवनमा सपथ ग्रहणका क्रममा भागवत गीता छोएर भ्रष्टाचार नगर्ने अठोट गरेका छन् । सांसदहरूको सपथ ग्रहणका क्रममा डा.शर्माले पद तथा गोपनीयताको सपथसँगै भ्रष्टाचार नगर्ने अठोट पनि गरेका हुन् । चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हुने भन्दै भ्रष्टाचार नगर्ने उद्घोष गरेका थिए । सोही ...
error: Content is protected !!