- ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ डिसेम्बर २५ नेपाल सम्बत ११४३ पोहेलाथ्व व्दितीया, नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष शुक्ल व्दितीया, चन्द्रमा मकर राशिमा उत्तरषाढा नक्षत्र, व्याघात योग, कौलव करण । नेपालमा सूर्र्याेदय बिहान ६ः५२ बजे, सूर्यास्त साँझ ५ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ९ बजेर २७ मिनेट देखि १० बजेर ४५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज क्रिसमस डे परेकोले इसाई धर्मालम्वीलाई क्रिसमस डे को शुभकामना व्यक्त गर्दछु । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विशेष परिस्थितिमा काम छाडी बाहिर निस्कन सकिन्छ, तथापि नियमित कामबाट फाइदा नै हुनेछ । नयाँ लगानीले धनधान्य र भाग्यबल दुबै पक्षमा लाभ हुनेछ । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । ज्ञानको भण्डार पूणर् हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उत्साहमा कमी आउने वा शारीरिक थकान हुने परिस्थिति छ, यद्यपि आज आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुहोला, आफ्ना लागिमात्र होइन, सहकर्मी र परिवारका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । जोखिम र झञ्झट मोल लिएर काम गर्ने समय छ । काम गर्दा आफ्नै उपस्थितिमा गर्नुहोला अथवा लेखापढी गर्दा कागजपत्र पढेरमात्र सहीछाप गर्नुहोला । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक जीवन र दाम्पत्य जीवन सुखमय रहनेछ । आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध बन्ने दिन हो । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग गरी थप आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशा हट्नेछ । आफन्तको चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, तर धनसम्पत्ति र सुखसुविधा साधनमात्र हुन् । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामबाट फुर्सद निकालेर सङ्केत र हाउभाउको प्रयोग गरी कतै घुमघाममा निस्कने वा किनमेलमा जाने अनुकूलता मिल्नेछ । पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित अभिलाषा पूरा हुनेछ । सामाजिक क्षेत्रमा सुमधुर सम्बन्ध कायम हुनेछ । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पदप्रतिष्ठामा अभिबृद्धि हुने तथा आम्दानीका मार्गहरू सहज हुने सुन्दर दिन छ, घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खासगरी महिलाहरूका लागि विशेष उपलब्धि पाउने समय हो, व्यक्तिगत पहिचान र व्यवसायिक गतिविधिको स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्छ । सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ । अल्छी गरेर बस्ने हुँदा व्यक्तित्वमा आँच आउने वा भविष्यमा धोका हुनसक्ने दिन छ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जीवनसाथी र परिवारका सदस्यहरूको पूणर् सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । आत्मविश्वास जाग्ने राम्रो दिन छ । आलस्य नगरी नयाँ विषयको जानकारी लिएमा बौद्धिक क्षमतामा बृद्धि हुनेछ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । कार्यक्षेत्रमा बोझ बढ्ने र धेरै मिहिनेत गर्नुपर्ने दिन छ । आर्थिक दृष्टिले कमजोर दिन भएकाले अनावश्यक खर्चमा नियन्त्रण गर्नु जायज हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । उच्चकोटिको पारिवारिक सुख मिल्नेछ, लामो समयदेखि सम्पर्क भएको छैन भने आजको केही समय घरपरिवार र आफन्तलाई पनि छुट्याउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । अहिले गरेको मिहिनेतले भविष्य सुध्रनेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । सामाजिक दायित्व र जिम्मेबारी थपिने समय छ । कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि समय दिनुपर्ने हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!