- संगालोखबर सम्वाददाता

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक महिला बच्चा जन्माएर फरार भएकी छिन् । अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी गर्भवती महिला छोरालाई जन्म दिएपछि फरार भएकी हुन् ।

Advertisement

उनले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालले जनाएको छ । अहिले शिशुलाई अस्पताल परिसरमै रहेको एकद्धार सङ्कट व्यवस्थापन केन्द्रमा राखिएको छ । शिशुको अवस्था सामान्य छ ।

अस्पतालमा भर्ना हुँदा ती महिलाले आफ्नो नाम सैयम कुमारी, उमेर २२ वर्ष र ठेगाना भारत बिहार राज्य जिल्ला सीतामढी सोनवर्षा उल्लेख गरेकी थिइन् । तर महिलाको सो नाम थर र ठेगाना झुटो हुन सक्ने आशङ्का गरिएको छ ।

बच्चा जन्माए लगतै आमा फरार भएकाले सो शिशु अवैध सम्बन्धपछि जन्मिएको हुनसक्ने आशङ्का गरिएको छ । फरार महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!