गाउँपालिका अध्यक्षलाई लागूऔषध मुद्दामा साढे ३ वर्ष कैद सजाय
बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागूऔषध कारोबारमा तीन वर्ष ६ महिना कैद फैसला भएको छ ।
अध्यक्ष घर्तीमाथि लागेको लागूऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले तीन वर्ष ट महिना कैद सहित ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।
निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ ...



























