प्रतिनिधि सभा बैठकमा उपस्थित दुई बाहेक सबैले दिए प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौं । प्रतिनिधि सभा बैठकमा उपस्थित दुई बाहेक सबै सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका छन् । विश्वासको मत प्रस्तावको पक्षमा २६८ सांसदले मतदान गरेका हुन् । २७५ प्रतिनिधि सभा सदस्य मध्ये बैठकमा २७० जना उपस्थित थिए ।
जसमध्ये नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बाहेक सबैले विस्वासको मत दिएका हुन् । प्रधानमन्त्री दा...




























