झापाबाट काठमाडौं जाँदै गरेको बस दासढुङ्गामा दुर्घटना
चितवन । झापाको काँकडभिट्टाबाट काठमाडौं जादै गरेको बस आज बिहान चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डमा जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस बिहान करिब ५ः२० बजे अनियन्त्रित भएर पल्टिएको हो ।
दुर्घटनाका १० जना घाइतेको पुरानो मेडिकल कलेजमा र आठ जनाको भरतपुर अस्पतालमा उपचार हुदैछ । एक जनालाई थप उपचारका ल...































