संगालोखबर सम्वाददाता

चितवन । झापाको काँकडभिट्टाबाट काठमाडौं जादै गरेको बस आज बिहान चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

Advertisement

नारायणगढ–मुग्लिन सडकखण्डमा जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस बिहान करिब ५ः२० बजे अनियन्त्रित भएर पल्टिएको हो ।

दुर्घटनाका १० जना घाइतेको पुरानो मेडिकल कलेजमा र आठ जनाको भरतपुर अस्पतालमा उपचार हुदैछ । एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

४० यात्रु सवार रहेको सो बस सडकबाट करिब १० मिटर तल खसेर त्रिशूली नदीमाथि रुखमा अडकिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!