सहिदभूमिको बजेट ४५ करोड
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४५ करोड ६९ लाख ३५ हजार ६ सय २७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो ।
आइतबार आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईले बजेट प्रस्तुत गरिन् । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष राईले चालु तर्फ ३१ करोड २ लाख ४८ हजार २ सय रुपैयाँ र पूँजीगत तर्फ १...































